कमठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा भएको प्रदर्शनले हिंसा भड्किएको छ ।
हिंसा नियन्त्रण गर्न प्रहरीले गोली चलायो । प्रहरीले चलाएको गोली लागी ४ जनाले ज्यान गुमाएको र ९ जना घाइते भएको बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’ ले जनाएको छ ।
एनसीपीको ¥यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक प्रहरीसँग भिडेका थिए । प्रत्यक्षदर्शीका अनुसार, अवामी लीगका समर्थकहरूले लाठी, ढुंगा, इँटा प्रयोग गरेर प्रहरी, सेना र अर्धसैनिक बलमाथि आक्रमण गरेका थिए । प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए ।
साथै एनसीपीको जुलुसमाथि पनि आक्रमण भएपछि सुरक्षाबलहरूले जवाफमा गोली चलाए । भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो । प्रधानमन्त्रीको कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि कफ्र्यु जारी गर्ने आदेश दिएको छ ।