उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ

4
views

काठमाडौं । उच्च अदालतको न्यायाधीशका लागि नियुक्ति भएका २७ न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ ।

सर्वोच्च अदालतमा बुधबार (आज) आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

न्याय परिषद्को यही साउन २२ गते बसेको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनालाई नियुक्त गरी पदस्थापन गरेको थियो ।

जिल्ला न्यायाधीशबाट १६ जना उच्चका लागि सिफारिसमा परेका थिए भने कानून व्यवसायीबाट ६ जनाको नाम सिफारिसमा परेका थिए । यस्तै, न्याय सेवाबाट ५ जनाको नाम नियुक्तिका लागि सिफारिस भएका थिए ।