सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च

5
views

काठमाण्डौ, १२, असोज । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको प्रतितोलाको दुई लाख २३ हजार नाघेको छ ।

आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको भाउ तोलाको दुई लाख २२ हजार पाँच सय रहेको थियो ।

यसअघि सुनको उच्च भाउ गएको बुधवार तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ तोलाको दुई हजार आठ सय १० रुपैयाँ पुगेर रेकर्ड बनाएको हो ।