म्याग्दीमा चुनावी चहलपहल बढ्यो, माओवादी केन्द्र उमेदवार छनौटमा

1447
views

नवदृष्टि संवाददाता
म्याग्दी,४ बैशाख । म्याग्दीमा माओवादी केन्द्रले बैशाख ९ गते उमेदवार चयन गरिसक्ने जनाएको छ । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका उमेदवार छनौट गरी बैशाख ९ गते सार्वजनीक गर्ने भएको छ । बेनीमा सोमबार बसेको जिल्ला कार्यालय सदस्यहरुको बैठकले बैशाख ९ गते केन्द्रिय कार्यक्रम अनुसार बेनी नगरपालिकाको प्रमुख, उपप्रमुख र ४ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसंगै वडा अध्यक्ष र सदस्यहरुको उमेदवारी घोषणा गर्ने निर्णय गरेको म्याग्दी माओवादी केन्द्रले जनाएको छ ।

रघुगंगा गाउँपालिकाको केन्द्र विवाद समाधानका लागि गम्भिर रुपमा पहल गर्ने माओवादी केन्द्रका नेता सुवास विश्वकर्माले जानकारी दिनुभयो । बैठकमा चुनाव केन्द्रित अभियान र उमेदवार छनौटको तयारीको विषयमा छलफल भएको थियो ।
जिल्ला ईञ्चार्ज मानबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकमा गाउँपालीकामा सञ्चालीत अभियानको समिक्षा गर्दै निर्वाचन केन्द्रित अभियानलाई थप शशक्त र प्रभावकारी बनाउने माओवादी केन्द्र म्याग्दीले निर्णय गरेको छ ।