चीन र भारत उछिन्ने एमालेको घोषणापत्रः- प्रत्येक नेपालीलाई ५ हजार अमेरिकी डलर

738
views

नवदृष्टि संवाददाता
काठमाडौं, ४ वैशाख । स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्दै नेकपा एमालेले चीन र भारतलाई १५ बर्ष भित्रमा उछिन्ने गरी हरेक नेपालीलाई ५ हजार अमेरीकी डलर आम्दानी गर्नसक्ने बनाउने घोषणापत्र बनाएको छ ।
वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि तयार गरिएको घोषणापत्रमा एमालेले दुबै देश उछिन्ने गरी यस्तो घोषणा पत्र बनाएको हो । घोषणा पत्र कार्यान्वयन गर्न भने एमालेकै सरकार हुनुपर्ने उल्लेख गरिएको छ । सोमबार संचारकर्मीको सुझाव संकलन गर्न पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै कार्यबहाक अध्यक्ष बामदेव गौतमले एमालेको घोषणा पत्र यस्तो रहेको जानकारी गराएका हुन् । तीन बर्षमा सम्पुर्ण स्थानीय तह साधन श्रोतले सम्पन्न गराउने पनि घोषणापत्रमा समेटिएको छ । त्यसैगरि तीन बर्षमा गरीवी निर्मुल पार्ने, तीन बर्षमा प्रत्येक घरमा एक व्यक्ति रोजगार बनाएरै छाड्ने, ५ वर्षमा १८ बर्ष पुगेका सबैलाई रोजगारी दिने, आवास मनोरन्जन लगायतका सामग्री निःशुल्क उपलव्ध गराउने, उच्च शिक्षासम्मको शिक्षा निःशुल्क गराउने, अबको शिक्षा व्यवहारिक र बिज्ञानमा आधारित बनाउने, १० बर्षमा नेपाललाई दक्षिण एसियाली मापदण्डमा पुर्याउने एमालेद्धारा सार्वजनिक गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।