उद्योगपति विजय माल्यालाई बेलायती अदालतमा पेश गरिने

1475
views

काठमाडौ, बैशाख ६ । भारतका विश्वचर्चित उद्योगपति विजय माल्या लण्डनमा पक्राउ परेको खबर छ । उनलाई भारतका बैकहरुमा लिइएको ठुलो रकम नतिरी फरार भएको आरोपमा पक्राउ गरिएको हो । लण्डमा लुक्दै बस्दै आएका माल्यालाई प्रत्यर्पण वारेन्टका आधारमा मंगलबार विहान लण्डनमा पक्राउ गरिएको हो ।

उनी पछिल्लो समय लण्डन बस्दै आएका थिए । उनलाई अब बेलायती अदालतमा पेश गरिनेछ । माल्यालाई भारतमा विलफुल डिफल्टर’ घोषणा गरिएको छ । उनीमाथि भारतमा बैंकहरुलाई ९००० करोड भारु ऋण नतिरेको आरोप लागेको छ ।