लौ हेर्नुस् कसरी बनायो यो कवीले उठिबास

1678
views

कविता “रित्तो झुपडी“


झुपडी रित्तो भनौ भने वरपर टम्म भरिएको छ
वनमारा तितेपाती काँडेसिस्नु र कन्टकारीले
करेसावारी, आगन, बलेनी,
जाँतेकुनो, ढिकी कुनो, पिँढी अघिपछी, खाली भुईँ देखिदैन ।
अझै मेरा बाले
खरियाको भिर पाखामा खालीखुट्टा रगतका धारा बगाएर
भोकभोकै एक एक त्यान्द्रो खर बटुलेर छाएको छानो समेत कतै हरियाली भैसकेछ
कतै पानी त के घाम पनि नछेक्ने भएछ ।
एकापट्टीधुरी खसिसकेछ
बाँकी डाँडाभाटाहरु मक्किएछन्
जीर्ण भैसकेछन् ।
मुग्लानमा मेरो जिन्दगी मक्किए झैँ…।
हो झुपडी रित्तो छ
जहाँ मैले जन्म लिएँ
बामे सर्न सिकेँ बालापन विताएँ
यही झुपडीको सँधै भलो चिताएँ
तर आज के नै गर्न सकेँर
म अभागीले
चुपचाप एकोहोरो भोग्नु हेर्नु र रुनु सिवाय ।
जब,
सुन्दर परिवार एकाएक नासियो
कति खप्नु कति सहनु घाऊमा घाऊ थपियो
भूल्ने वहानामा अभागी प्रदेश भासियो
त्यसैले झुपडी रित्तियो !
झुपडी रित्तो छ,
छैन पनि कसोरी भनु ?
देश र जनताको मुक्तिका लागी मेरा बा
जायजेथा त्यागेर,
सुन्दर भविष्य र संसारको कल्पना गर्दै,
विरता र क्रान्तिका गीत गाऊँदै,
माओवादी जनयुद्दमा लाल झण्डा फर्फराऊँदै
झुपडीबाट निस्किए,
लडाईमा होमिए,
कयौँ लडाईमा विजयी गरे,
वेनी लडाईमा आँफै मरे,
झुपडी रित्तियो !
हो झुपडी रित्तियो
सान्नÞटा छायो
शुन्यता र कोलाहल भो
आमाको सिऊँदो पुछियो
सौभाग्य लुटियो
बा को यादमा बौलाही भएकी आमालाई हृदयघात भो
परिवारमा बज्रपात भो
झुपडी रित्तियो ।
हो झुपडी रित्तियो ।
ऊता जङ्गल घाँस दाऊरामा गएकी बैनी लुटिई
राज्यबाट या आतङ्ककारीबाट
त्यो अझै थाह छैन
टाऊको झोलामा र ज्यान खोलामा थियो रे…!
झुपडी रित्तियो !
समाचार छापेर फर्केको मिडियाकर्मी भाई
चिहान डाँडामा ज्यूँदै पुरियो ।
छापेको समाचार नआऊँदै आएको त्यो खवरले
झन पीडा दियो…
झनै झुपडी रित्तियो !
एक वर्षँको छोरोसंगै माईतबाट घर फर्किँदै गरेकी मेरी प्यारीको
अहँ,
अझै अत्तोपत्तो छैन
कठै,
झुपडी रित्तियो !
म भन्दा बर्षौँ पहिले मुग्लान पसेका दाई
बाकसमा फर्किए
झुपडी रित्तियो !
वर्षदिन नहुँदै भाऊजु पोईला जाँदा
झनै रित्तो रित्तो !
कठै झुपडी मसानघाट झैं भो
को न को ।
म फर्केर आऊन पनि सकिन
झुपडीमा टिन लाऊन पनि सकिन
ज्यूँदै आए लाऊने छु टिन
तिर्ने छु साहु बा को रिन !
वाकसमा आए भने
ए बन्धु,
यहि धुरी मुनिको माटोको टिका लगाएर
म संगै झुपडी जलाईदिनु
झुपडी रित्तियो !
संसारै सिद्दियो !!
(निर्मल पौडेल (एन पि घायल) फलेवास नगरपालिका–७