चुनाव विरोधी गतिविधी गर्नेलाई प्रहरीले नछोड्ने

विप्लवका २२ कार्यकर्ता चितवनमा गिरफ्तार

926
views

नवदृष्टि संवाददाता
चितवन, ७ बैशाख ।  स्थानीय तहको निर्वाचनलाई धक्का पु¥याउन मरिमेटी गरेको विप्लव नेकपालाई प्रहरीले देशव्यापी ठेगान लगाउन थालेको छ । नेत्रविक्रम चन्दका कार्यकर्ताले गर्ने चुनाव विरोधी कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै आएको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । यसअघि बुटवलमा पनि विप्लवको चुनाव विरोधी कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । चितवनको चौबिस कोठीमा आयोजित सभालाई पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले सम्वोधन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको हो । कार्यक्रम स्थलबाट प्रहरीले २२ जनालाई नियन्त्रणमा समेत लिएको विप्लव माओवादी स्रोतले जनाएको छ ।