अरुण नदी थुनिएर तीन किलोमिटर ताल बन्यो, बस्ती जोखिममा

1585
views

संखुवा सभा ८ बैशाख । संखुवासभाको अरुण नदी थुनिएर बस्ती जोखिममा परेको छ । बिहीबार दिउँसो ४ बजेतिर बरुण नदीमा पहिरो आएपछि संखुवासभाको भोटखोला गाउँपालिका अन्तर्गत स्याक्सीला गोलामा पर्ने अरुण नदी थुनिएको हो । अरुण नदी थुनिएर करिब तीन किलोमिटरको ताल बनेको छ ।
पहिरोका कारण चीनसँगको नाका किमाथांका जाने बाटोसमेत बन्द भएको छ । सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तरतर्फको उक्त गाउँमा सुरक्षाकर्मीको टोली पुगिसकेको छ । नदीको करिब ३ किलोमिटरसम्म जमेको पानीका कारण बरुण बजारको ४ वटा घरमा क्षति पुगेको छ भने बजारको सिंगो बस्ती जोखिममा छ ।
यसैबीच, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संखुवासभाको अरुण नदीमा ठूलो ताल जमेकोले त्याहाँको पानी सावधानीपूर्वक निकासा गर्न निर्देशन दिनुभएको छ । मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन मन्त्री निधिले निर्देशन दिनु भएको हो । अरुण नदी थुनिएको स्थानतर्पm खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयको बिपद् व्यबस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेनाका तीन जना प्राविधिक, सशस्त्र प्रहरी, जल उत्पन्न प्रकोप विभागका प्रतिनिधि लगायत हुनुहुन्छ ।