राजा महेन्द्रलाई सत्तो सराप गर्न नेपालका बेदेशीले हुर्काएका औलादहरु

1456
views

पञ्चायत र राजा महेन्द्रलाई सत्तो सराप गरेर नेपालमा राजनीति गर्ने किर्नाहरू नेपालका बेदेशीले हुर्काएका औलादहरु हुन् ! आतंक छोडेर मूलधारको राजनीतिमा छिरेर प्रचण्ड र बाबुरामको दृष्टिको गणतन्त्र र राजा महेन्द्रको एकल सोचको नेपालको तुलनात्मक विश्लेषण गरी हेरम 
राजा महेन्द्र र यिनीहरूका बीचमा आकाश र पातालको सम्बन्ध छ । राजा महेन्द्रको विचार जस्तो भए पनि वा त्योसँग जुनसुकै व्यक्ति असहमत भए पनि उनमा देश चलाउने तथा शान्ति र स्थिरता कायम गर्ने सोच थियो
भने यिनीहरूमा देश भाँड्ने, अशान्ति फैलाउने र अराजकतालार्ई बढावा दिने उद्देश्य रहेको छ । राजा महेन्द्रले, कमसेकम, आफ्नो सत्ताको सुदृढीकरणका लागि काम गरेका थिए भने खेतालाहरूले साम्राज्यवादी रणनीतिको सुदृढीकरणका लागि काम गर्दै आएका छन् । राजा महेन्द्रमा आफ्नो सोचअनुसारको देश बनाउने संकल्प थियो तर यिनीहरूले आफ्नो ठाउँमा रहेको देशलार्ई भताभुंग बनाउने सपना देख्दै आएका छन् । महेन्द्र र यिनीहरूको नाम एकसाथ उच्चारण गर्नै नहुने स्तरको अन्तर छ ।

आमुल परिवर्तन विदेशीहरूसँग रोइधोइ गरेर उद्योगधन्दा खोल्ने महेन्द्र र ती सबै बेची खाएर महल ठड्याउने यी लोकतन्त्रका हिमायतीहरू , बाह्य अतिक्रमण रोक्न वंशजको नागरिकतामा कडाइ गर्ने महेन्द्र र नागरिकता बेचेर बैंक ब्यालेन्स बढाउने गणतन्त्रबादीहरु , हदबन्दी लगाएर जमिनमा किसानहरूको हक कायम हुने बाटो खोल्ने महेन्द्र र हदबन्दीको माग उठ्दा विरोधमा दश हात उफ्रिने गनतन्त्रबाइहरु , परिवार नियोजन सुरु गरेर महिलालार्ई सामन्तवादी सोचबाट बाहिर निकाल्ने महेन्द्र र महिलालार्ई खाडीमा बेचेर कमिसन खाने गंतान्त्रबादीहरु , विदेशी कुटनीतिज्ञहरूलार्ई आफ्नाअगाडी शीर झुकाउन लगाउने महेन्द्र र विदेशी कुटनीतिज्ञहरूका अगाडि धनुष्टंकार भएर भाँच्चिने गणतन्त्रबादीहरु ! नेपालको ईतिहांस नपढी राजा महेन्द्र लाई बदनाम गर्ने राष्ट्र घातीहरुले राजा महेन्द्रको शासनकाल राष्ट्रियता,आर्थिक क्रान्ति र जन दायित्व श्रीजना गर्न अग्रसर थियोे भनेर स्वीकार्ने पर्दछ !
विदेशीहरूसँग रोइधोइ गरेर उद्योगधन्दा खोल्ने महेन्द्र र ती सबै बेची खाएर महल ठड्याउने यिनीहरू, बाह्य अतिक्रमण रोक्न वंशजको नागरिकतामा कडाइ गर्ने महेन्द्र र नागरिकता बेचेर बैंक ब्यालेन्स बढाउने यिनीहरू, हदबन्दी लगाएर जमिनमा किसानहरूको पुँजीवादी हक कायम हुने बाटो खोल्ने महेन्द्र र हदबन्दीको माग उठ्दा विरोधमा दश हात उफ्रिने यिनीहरू, परिवार नियोजन सुरु गरेर महिलालार्ई सामन्तवादी सोचबाट बाहिर निका ल्ने महेन्द्र र महिलालार्ई खाडीमा बेचेर कमिसन खाने यिनीहरू, विदेशी कुटनीतिज्ञहरूलार्ई आफ्नाअगाडी शीर झुकाउन लगाउने महेन्द्र र विदेशी कुटनीतिज्ञहरूका अगाडि धनुष्टंकार भएर भाँच्चिने यिनीहरूका बीचमा कतै कुनै प्रकारको तुलना हुन सक्ने अवस्था छैन ।
राजा महेन्द्रले बनाएको अञ्चल र जिल्लाहरूको संरचनालार्ई परिमार्जन गर्न आवश्यक होला तर पनि यी निकै ठूलो अनुसन्धानपछि स्थापित गरिएका हुन् । विदेशी खेतालाले सडकमा पस्कने नक्साका तुलनामा यी कता हो कता वैज्ञानिक छन् भन्ने कुरा बुझ्न यसको खण्डीकरणका विरुद्धमा उर्लेको जनसागर हेरे पुग्छ । जनताले यी अपराधीहरूको पुनर्संरचनाबाट नभई राजा महेन्द्रको नक्सामा आफ्नो भविष्य सुरक्षित देखेको रहेछ भन्ने तथ्य उजागर भसकेको छ । यसले के देखाउँछ भने तुलनात्मक रूपमा राजा महेन्द्रको नक्सामा जनताको जीवन छ, जबकि यिनीहरूको नक्सामा विनाशमात्र । अर्को राजनीतिक मान्यता राख्ने मानिसले पूर्वाग्रह राख्न सक्ला तर जनताको भाषा आग्रह÷पूर्वाग्रहमा आएको हुँदैन ।
हे विदेशीका खेतालाहरू ! अब तिम्रो प्राण महेन्द्रपथले मात्र जोगाउने देखिन्छ । राजा महेन्द्रको पूजा गर्न सुरु गर ! तिम्रा मानसपिता विदेशीहरूबाट देशविरोधी कुरामात्र सिकिन्छ, जसको नतिजा आज भोगिरहेका छौँ तर महेन्द्रका राम्रा कुरा सिक्दा देशका लागि सिकिन्छ । किनभने तिम्रा मानसपिताहरू नेपालविरोधी हुन, राजा महेन्द्र नेपाली हुन् । एउटा नागरिकका रूपमा राष्ट्रको परिधिभित्र बाँच्नेहरूका लागि विदेशी अन्नदाताभन्दा स्वदेशी सौतेनी दाजु बढि काम लाग्दो हुन्छ । तिमीहरूले नेपाल र नेपाली सन्तानका विरुद्धमा पराइसँग मिलेर गरेको पाप कुर्लिन लागेको छ । तिमीहरूबाट ठूलो काम हुने कुरा दन्त्यकथा हो । औकातले साथ दिन्छ भने महेन्द्रको पूजासम्म गरे पनि पापमोचन सुरु हुन्छ । भरत दाहाल