भेनेजुएलामा गोली चल्दा १० जनाको मृत्यु

863
views

वैशाख , ९ । भेनेजुएलाको राजधानी कराकसमा लुटपाटको क्रममा गोली चल्दा १० जनाको ज्यान गएको छ । कराकसमा रहेको एक बेकरीमा लुटपाटको घटना भएको र त्यसमा गोली चल्दा १० जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनाको भिडियो फुटेजमा गोली चलेको र अवस्था नियन्त्रणमा लिन प्रहरीलाई निकै समस्या भएको देखिएको छ । यस्तै राजाधानी बाहिर भएको एक अर्को घटनामा एकजनाको ज्यान गएको छ । भेनेजुएलमा राष्ट्रपति निकोलश मदुरोको सरकारको विरोधमा प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा लुटपाटका घटना भएको सरकारी पक्षले आरोप लगाएको छ । अहिले भने विपक्षीको प्रदर्शन रोकिएको छ ।