श्रीमतीलाई लामो ड्राइभमा लाने सोचले गरे २५ वर्ष मेहनत

697
views

एजेन्सी,१० वैशाख । तपार्इंले सवारी साधनको लाइसेन्स लिने परीक्षा कति पटकमा उत्तीर्ण गर्नुभएको हो रु एकपटक, दुई पटक वा तीन पटक, तर सवारी साधनको लाइलेन्स लिन क्रिस्टियन ह्वाइट्लीले गरेको मेहनत र धैर्य त्यसभन्दा धेरै माथि छ । बेलायतको साउथ योर्कसायरका क्रिस्टियनले सवारी साधनको लाइसेन्स लिन २५ वर्ष मेहनत गर्नुपरेको छ । सन् १९९२ मा पहिलो पटक परीक्षा दिएका क्रिस्टियनले सवारी साधन चलाउने लाइसेन्स प्राप्त गर्न ३३ पटक प्रयास गरे । त्यस क्रममा उनले १४ जना प्रशिक्षकसँग ८५ पटक क्लास लिनुपरेको थियो । ४२ वर्षको उमेरमा आएर लाइसेन्स प्राप्त गरेपछि क्रिस्टियन भन्छन्— यत्रो वर्षको मेहनतपछि मैले कसरी लाइसेन्स परीक्षा उत्तिर्ण गरें, आफैंलाई आश्चर्य लागेको छ । अहिले यो कुराप्रति मलाई नै विश्वास छैन । ब्रान्सिलीमा हुने उक्त परीक्षणमा सधैं एक महिला आफ्नो परीक्षामा बस्ने र उनले सधंै आफूलाई अनुत्तीर्ण गर्ने उनको दाबी छ । उनले सन् २००३ मा ५६ औं कक्षा लिने क्रममा प्रशिक्षकले आफूले परीक्षा उत्तीर्ण नगर्ने हुनाले लाइसेन्स लिने आशा त्याग्न भनेको पनि सम्झिए । आफ्नो विवाहको वार्षिकोत्सव मनाउन श्रीमतीलाई लामो ड्राइभमा लाने सोचले पनि उनले लाइसेन्स परीक्षा दिइरहे । क्रिस्टियन अब सम्भवतस् श्रीमतीसँग लङ ड्राइभमा निस्कनेछन् ।