दुईवटा उल्का वर्षा हेर्न पाइने

1510
views

काठमाडौँ । मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ । वैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने छ । नेपाल इस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार वैशाख ५ गतेदेखि सक्रिय भएको वीणा उल्का वर्षा ९ लाइरिड मिटियोर सावर वैशाख १२ गतेसम्म सक्रिय रहनेछ । वैशाख ९ गते ९ः४५ बजे अत्यधिक सक्रिय हुनेछ । अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५र२० वटा उल्का खसेको देख्न सकिनेछ । वैशाख १३ गते औशी परेकोले यस वर्षको उल्का वैशाख ९ गते राति ९ः४५ बजेदेखि २ः४५ बजेसम्म हेर्दा उत्तम हुने अध्यक्ष भट्टराई बताउँछन् । थ्याचर नामक पुच्छ्रेताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ । थ्याचर पुछ्रे«ताराले सूर्यको एक फन्को लगाउन ४१५ वर्ष लगाउँदछ ।
अध्यक्ष भट्टराईका अनुसार वैशाख २३ गते कुम्भ उल्का वर्षा ९एटा एक्वारिड मिटियोर सावर० हँुदैछ । उक्त दिन दक्षिणी गोलाद्र्धबाट प्रतिघन्टा ५५ वटाभन्दा बढी उल्का देखिने भएपनि नेपालबाट १० देखि ३० वटासम्म देख्न सकिनेछ । हेली नामक पुच्छ्रेताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ । हेली पुच्छ्रेताराले सूर्यको एक फन्को लगाउन ७६ वर्ष लगाउँदछ ।
पुच्छ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोको कण छोड्ने गर्छन जुन लाखाँै किलोमीटरसम्म फैलिन सक्छन । यसरी फैलिएका धुलोको कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा धुलाको कण पृथ्वीको वायुमण्डलमा ठोक्किँदा उल्का देखिन्छ । यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।