यो वर्ष नेपाल ठुला स्तरको अन्तर्राष्ट्रिय खेल नखेल्ने

913
views

काठमाण्डौ, १० वैसाख । वर्ष २०७४ मा नेपालले कुनै ठूलो स्तरको अन्तर्राष्ट्रिय खेल महोत्सवमा सहभागिता जनाउने छैन । यो वर्ष ओलम्पिक, एसियाड र दक्षिण एसियाली खेलकुद कुनै पनि पर्दैन । त्यसमध्ये नेपाली खेलकुदले आउने एसियाली तथा दक्षिण एसियाली खेलकुदका लागि तयारी भने यसै वर्ष सुरु गर्नुपर्नेछ, यदि राम्रो नतिजा ल्याउने हो भने । त्यसमाथि आउने दक्षिण एसियाली खेलकुदको आयोजना गर्ने पालो नेपालकै हो र यो जिम्मा नेपालले आउने वर्ष पूरा गर्नुपर्नेछ । के नेपाली खेलकुद त्यसका लागि तयार छ रु अहिलेसम्मको अनुभवले भन्छ, यस्तो विरलै भएको पाइन्छ । नेपाली खेलकुदका सर्वाधिक लोकप्रिय खेल हुन्— फुटबल र क्रिकेट । यी दुवै खेल भने वर्ष २०७४ मा खुबै व्यस्त रहनेछन् । नेपाली फुटबललाई लिएर पहिलो प्रश्न रहनेछ, के वर्ष २०७४ ले लिग प्रतियोगिता देख्न पाउनेछ रु लिग नभएको लामो समय भैसकेको स्थितिमा यसको टड्कारो आवश्यकता महसुस भएको छ र लिगबिना नेपाली फुटबल आउने केही वर्षमा सुक्ने डर सम्बद्ध सबैमा छ ।
त्यसैले अखिल नेपाल फुटबल संघ ९एन्फा० ले वर्ष २०७४ मा लिग फुटबललाई फेरि ब्युँझाउने दाबी गरिरहेको छ । फुटबलको राष्ट्रिय टिम भने एकपल्ट फेरि उत्तिकै व्यस्त रहनेछ । नेपालले वर्ष २०७४ मा एसियाकप छनोटको तेस्रो चरणका आधा खेल खेल्नेछ । नेपाल छनोटको समूह ‘एफ’ मा छ र नेपालले यो वर्ष यमन र ताजाकिस्तानसँग एक चरणको प्रतिस्पर्धा गर्नेछ । फिलिपिन्सविरुद्ध पहिलो खेलमा खराब सुरुवात लिएपछि नेपाल ती दुई प्रतिद्वन्द्वीविरुद्ध सच्चिएर खेल्ने मनसायमा हुनेछ । वर्ष २०७४ मा नेपालले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भने फुटबलकै रहनेछ र त्यो हो— बंगलादेशमा हुने साफ च्याम्पियनसिप ।
नेपालले दक्षिण एसियाली फुटबलको यो सर्वोच्च प्रतियोगिता जित्न सकेको त छैन नै फाइनलसम्म पनि प्रवेश गर्न सकेको छैन । सम्भवतस् यसपल्ट यो खराब समीकरण बदलिनेछ, किनभने कम्तीमा दक्षिण एसियाली स्तरमा नेपाली राष्ट्रिय टिम लयमा छ । वर्ष २०७४ मा सबैभन्दा ठूलो आकर्षण यस्तै प्रतियोगितामा रहने निश्चित छ । बंगबन्धु गोल्डकपको उपाधि एवं दक्षिण एसियाली खेलकुदको पुरुष स्पर्धामा स्वर्ण जितेयता नेपालले एएफसी सोलिडारिटी कप पनि जितेको थियो । उक्त पृष्ठभूमिमा नेपालले आउने साफ च्याम्पिनसिपमा राम्रो गर्न सक्ने अपेक्षा गर्न सकिन्छ र एन्फाले पनि यसैमा बढी जोड दिनेछ । घरेलु नेपाली फुटबल भने फेरि एकपल्ट मोफसलकै प्रतियोगितामा निर्भर हुनेछ, यदि एन्फा प्रतियोगिताको आयोजनामा अहिले जस्तै सुतिरहने हो भने ।
नेपाली क्रिकेटलाई पनि घरेलु प्रतियोगिताको ठूलै खाँचो छ । पछिल्लो वर्ष ट्वान्टी–२० क्रिकेटका दुई ठूला प्रतियोगिता सुरु भए, एभरेस्ट प्रिमियर लिग र धनगढी लिग । यिनै दुई प्रतियोगिताले नेपाली खेलाडीलाई केही हदसम्म व्यवसायिक बनाए । वर्ष २०७४ मा यही प्रतियोगिता दोहर्याएर आयोजित हुनेछन् त रु नेपाली क्रिकेटले यसको सकारात्मक उत्तर खोज्नेछ, किनभने नेपाल क्रिकेट संघ ९क्यान० ले चाँडै केही गर्ला भनेर कसैलाई विश्वास छैन, यति बेला त त्यसको अस्तित्वमै प्रश्न छ।
राष्ट्रिय टिमले भने आईसीसी वल्र्ड क्रिकेट लिगका आफ्ना बाँकी खेल वर्ष २०७४ मा पूरा गर्नेछ, यसमा नेपालले तय गर्ने बाटोले पूरा देशकै क्रिकेटको भविष्य कोर्नेछ । वर्ष २०७४ ले अपेक्षा गर्नेछ, नेपाली खेलकुदमा रहेका दुई विवादले चाँडै समाधान पाओस् । पहिलो विवाद क्यानलाई लिएर नै हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० स्वयंले यसमा ठूलो रुचि लिइरहेको छ र सम्भवतस् वर्ष २०७४ मा नेपाली क्रिकेटको यो सर्वोच्च संस्थाले चुनाव देख्न सक्नेछ ।
अर्को विवाद भने नेपाल ओलम्पिक कमिटी ९आईओसी० लाई लिएर हो । नेपाली खेलकुदमा यो विवादलाई क्यान्सरका रूपमा व्याख्या गर्न थालिएको छ । विवादको एक छेउ आईओसीको बलमा अन्तर्राष्ट्रिय समर्थनको दाबी गर्छ जसको नेतृत्व जीवनराम श्रेष्ठले गरिरहेका छन् । अर्को छेउमा सरकारी मान्यता र शक्तिको दाबी गर्नेहरू छन्, र त्यसको नेतृत्व गरिरहेका छन्— रुक्मशमशेर राणाले । सम्भवतस् वर्ष २०७४ ले यसको समाधान देख्नेछैन, किनभने दुवै समूहलाई नेपाली खेलकुदको भन्दा आ–आफ्नै स्वार्थ ठूलो लाग्छ ।