चर्चित नेता गुप्त हमाल माओवादी केन्द्रमै सक्रिय

887
views

पर्वत, ११, बैशाख । चार नम्वर प्रदेशका चर्चित नेता गुप्त हमाल ‘सन्देश’ माओवादी केन्द्रमै सक्रिय राजनीति गर्ने भएका छन् । दोस्रो संविधान सभाको निर्वाचनपछि निष्क्रिय रहेका हमाल माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका हुन् ।
दोस्रो संविधान सभापछि निष्क्रिय रहेका हमाललाई नयाँ शक्तिका नेताहरुले चार नम्वर प्रदेशको सहसंयोजकको जिम्मेवारी दिएको भन्दै प्रचार गरेका थिए । तर, हमालले नयाँ शक्तिको जिम्मेवारी नलिई निष्क्रिय रुपमा व्यवसाय गर्दै आएका थिए ।
सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डलाई भेटेपछि हमाल सक्रिय राजनीतिमा आएका हुन् । हमाल सक्रिय राजनीतिमा आउने भएपछि पर्वत र कास्की जिल्लाका माओवादी केन्द्रका नेताहरु उत्साहित भएका छन् ।
हमाल तीन दशकदेखि गण्डकी, धौलागिरीको संगठनमा सक्रिय रहँदै आएका नेता हुन् । मोहन बिक्रम सिंहको नेतृत्वको मसालबाट २०५४ सालमा विद्रोह गरेर माओवादीमा आएका हमाल कुशल संगठक र योजनाकार मानिन्छन् ।
सशस्त्र युद्धको समयमा उनले बनाएका अधिकांश योजना सफल भएका थिए । स्थानीय तह निर्वाचनको मूखैमा गुप्त हमालको सक्रियताले पर्वत र कास्की जिल्लामा माओवादी केन्द्रको प्रभाव बढ्ने विश्लेषण गरिएको छ