गजल
ज्यानको आश मेटाई संसार, दिने आमा हौ।
सन्तान खुशी देख्न चिन्ता, लिने आमा हौ।।सन्ततीलै के खान्छन् र, के लगाऊछन भन्दै।
आँफू भने फाट्या लुगा, सिने आमा हौ।।मेरो सामु हाँस्छेऊ सँधै, दिन्छेऊ प्यार अपार।
लुकाई लुकाई आँसु धारा, पिने आमा हौ।।ज्यानको आश मेटाई संसार, दिने आमा हौ।
सन्तान खुशी देख्न चिन्ता, लिने आमा हौ।।निर्मल पौडेल (एन.पि.घायल) फ.न.पा. ७ लिमिठाना, पर्वत