नोकिया ३३१० को प्रतिस्पर्धामा आयो यो फोन, यस्ता छन् विशेषता

1473
views


एजेन्सी १३ बैशाख ।
मोबाइल फोन बनाउने कम्पनी जिवीले सूमो टी ३००० फोन सार्वजनिक गरेको छ । कम्पनीको दाबी अनुसार यो एकपक फूल चार्ज भए ५० दिनको ब्याट्रि ब्याकअप दिनेछ । यसका साथै यो फोनको भारतीय मूल्य १ हजार ४ सय ९० तोकिएको छ जो नोकियो ३३१० (३४०० भारु) भन्दा आधाभन्दा कम छ । यो फोनको ब्याट्रि र ब्याकअप दुबै नोकियाभन्दा धेरै छन् । नोकियाको पुनः सार्वजनिक भएको फोन ३३१० को ब्याट्रि २२.१ घण्टाको टक टाइम र ३१ दिनको स्ट्याण्डबाई टाइम दिने गर्दछ । यस्तोमा जीवीको सूमो टी ३००० नोकियाभन्दा थप चर्चित हुने आंकलन गरिएको छ ।