यस्तो छ पूर्व जनमुक्ति सेनाको कारुणिक कथा

940
views

गोपाल जिसी
पर्वत १३ बैशाख । पूर्व जनमुक्ति सेना नेपालका कमाण्डर (बटालियन भिसी) हरि पौडेल ‘सुन्दर’ यतिबेला कोरीयाको बुसान शहरमा मजदुरी काम गरिरहेका छन् । कोरियामा मजदुरी कामको पीडासँगै विगत लडाईका मोर्चा सम्झिदा उनलाई आत्मग्लानी भएको छ । कुश्मा नगरपालिका–११ सिल्मीका हरि पौडेल ‘सुन्दर’ ले स्थानीय तहको निर्वाचनबारे नवदृष्टिसँग कुराकानी गर्दै भने ‘प्रचण्ड कमरेड मैले तपाईलाई प्रधानमन्त्री भन्नै मन लागेको छैन् ।’ ‘हाम्रो रगतलाई पाँचलाखमा बेचिदिनुभयो ।’ ‘क्रान्तिलाई माटोमा मिलाईदिनु भयो’, अब आफु निकटका आउरेबाउरे पाल्नका लागि चुनावको नाटक मञ्चन गर्नुभयो, उनले भने २८ वटा मोर्चामा लडेको मेरो मेहनत कोरियाको बुसान शहरको मजदुरीका लागि होईन ।’’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति आक्रोषित उनले देशभक्त जनगणतान्त्रिक मोर्चा चुनावमा सहभागी हुने भएपछि प्रचण्डको सातो उडेको समेत भन्न भ्याए । उनले भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बहिष्कारमा छ, देशभक्त जनगणतान्त्रिक मोर्चा चुनावमा सहभागी हुने भएको छ प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले कुन ठाउँमा जित्छ र खोई ? अनि चुनावको लागि हाईफाई देखाउने ।

२०५७ सालदेखी जनमुक्ति सेना नेपालमा सहभागी भएका पौडेलले म्याग्दी, थानकोट, दाङको भालुवाङ, काठमाण्डौ साँखु, तिनगिरे लगायतका २८ भन्दा बढी लडाईका मोर्चाको प्रत्यक्ष कमाण्ड गरेको बताए । उनले भने ‘१० बर्षको त्यो लडाई जनताका लागि नभई प्रचण्डका लागि भयो ।’ अब स्थानीय तहको चुनाव आउरे बाउरे धुपौरे कार्यकर्ता सेटलका लागि हो ।’पौडेलले वुशान शहरको चिसोको कामले कोखामा लागेको गोलीको

घाउ चस्किदा विगतका यादहरु आइरहेको बताए । ज्यान फालेर लडियो, मरे वीरगति, बाँचे प्रगती भन्या त ‘‘गाउँ बसे खोरिया, मजदुरीका लागि कोरिया’’ पो भो उनले दुखेसो पोखे । तात्कालिन युद्वमा लडेका कतीपय साथिहरु विदेशीन वाध्य भए, कतीपयले जेनतेन जीविका चलाएका होलान । बासुस्मृति व्रिगेडका बटालियन भिसी पौडेलले मध्यकमाण्ड मार्फत लडाईका विभिन्न मोर्चाहरु लडेको बताउँछन् । जनमुक्ति सेनालाई व्यारेकमा थन्क्याएपछि उनी २१ डिभिजन वाहिरी सेना निर्माणका लागि वाईसियल नामबाट उनी पर्वत आएका थिए । वाईसियलको संयोजक समेत बनेका पौडेलले भने–मेरा सहपाठीहरु कोही मन्त्री भए, कतिपयले जिल्लाको नेतृत्व सम्हाले, चाकडी चाप्लुसी नगर्ने म जस्ता हजारौ ईमान्दार सिपाहीहरु अलपत्र अवस्थामा पुगे । कोरिया वुशानमा मजदुरी पेशा गरेर जेनतेन परिवार धानेका पौडेलले भने –समायोजनको नाममा जनमुक्ति सेना बेच्ने प्रचण्डको पछि नलागेको भए राष्ट्रसेवक बन्ने सपना अधुरो हुने थिएन् ।