जडिबुटी तथा प्राकृतिक उत्पादनको अध्ययन गर्न बैज्ञानिक सहमत

1415
views

काठमाडौ, १५, बैशाख । – स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालय एवं अनुशन्धान केन्द्रबीच संयूक्त अनुसन्धान एवं सहकार्य गर्ने उद्धेश्यले‘प्राकृतिक उत्पादन  पहिचान, प्रमाणिकरण तथा प्रयोग’बारे दुइदिने राष्ट्रिय कार्यशाला गोष्ठी सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको आयोजनामा आजबाट सुरु भएको कार्यशाला दुई दिन चल्नेछ । यूवा वैज्ञानिक तथा प्राविधिकहरुलाई देशभित्रै आफ्नो क्षमताको सदुपयोग गर्न र प्राकृतिक सम्पदाको भरपूर उपयोग गर्दै आर्थिक उन्नती गर्न सकिने उपायबारे छलफल गर्न कार्यशाला उपयोगी हुने प्राकृतिक उत्पादनका अनुसन्धानविद् रामचन्द्र कँडेलले बताए । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. रामप्रसाद खतिवडाले कार्यशालाको उद्घाटन गर्दै हिमखण्डमा पाइने अमूल्य जडीबूटी तथा अन्य प्राकृतिक संशाधनको सदूपयोग हुन सके नेपाल धनि राष्ट्र बन्न सक्ने बताए । उद्घाटन सत्रमा वैज्ञानिक डा. दिनेशराज भुजु , काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. विष्णुप्रसाद पाण्डेय, पादोभा विश्वविद्यालय, इटालीका वैज्ञानिक प्रा.डा. मास्सिमो बेलान्डा, पोखरा विश्वविद्यालयका डीन डा. खेमराज जोशी, रिकाष्टका पूर्व निर्देशक प्रा.डा. डिल्ली देवीशाक्यले सम्बोधन गरेका छन् । गोष्ठीमा देश विदेशका गरि करिव १०० जना वैज्ञानिक, अनुशन्धानकर्ता एवं विद्यार्थीहरुको सहभागिता रहेको बताइएको छ । गोष्ठीमा सहभागि वैज्ञानिकहरुले अध्ययन अनुसन्धानमा सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।