‘कहर बन्यो बर्ष पुस्तक’

723
views

काठमाडौं, १५, बैशाख । नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशन संघले जनकराज सापकोटाको पुस्तक ’कहर’लाई वर्ष पुस्तक २०१६ घोषणा गरेको छ । पुस्तकले वैदेशिक रोजगारमा गएका आफन्तको संवेदना बोकेको छ । वर्ष पुस्तक घोषणा गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लेखक सापकोटालाई प्रमाणपत्र र पुरस्कार हस्तान्तरण गरेका छन् ।
वी रिडका प्रकाशक राजीवधर जोशीलाई पनि सम्मान गरिएको छ । आख्यान विधाका लागि हुने वर्ष पुस्तक घोषणाको यो चौथो संस्करण हो । लेखक सापकोटाले पुस्तकमा रेमिटेन्सले देशको अर्थतन्त्र धान्नुका साथै ती परिवारमा देखिएको अँध्यारो पाटोलाई पनि उजागर गरेका छन् । ’किताब निकालेपछि पाठक प्रतिक्रिया, प्रकाशकको खुसी र म जोडिएको संघसंस्था र साथीहरूले दिएको साथका कारण कहर वर्ष पुस्तक बन्न सफल भएको हो’, लेखक सापकोटाले भने । उनले यो पुस्तक साढे तीन वर्षको स्थलगत अध्ययनपछि तयार पारेका हुन् । दुई सय ३८ पृष्ठको पुस्तक विभिन्न आठ शीर्षकमा बाँडिएको छ ।
पुस्तकलाई यसरी पुरस्कृत गर्ने प्रचलनले लेखक तथा प्रकाशकलाई हौसला मिल्ने कुलपति उप्रेतीले बताए । कार्यक्रममा ’पुस्तक लेखन, प्रकाशन, पठन र प्रतिलिपि अधिकार’ विषयमा शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए । विदेशी पुस्तक नेपालमा सजिलै उपलब्ध भएजस्तै नेपाली पुस्तक विदेशमा र्पु याएर नेपाली पुस्तकको बजार फराकिलो पार्ने कोसिस गरिरहेको संघका अध्यक्ष पदमप्रसाद सिवाकोटीले दाबी गरे ।
जनस्वास्थ्य विशेषज्ञ रवीन्द्र समीर लघुकथा विधामा बढी दखल राख्ने स्रष्टा हुन् । यसअघि उनका ’तेस्रो आँखा’ (२०५३), ’पोस्टमार्टम’ (२०६२), ’विकिरण’ (२०६३), ’ईश्वरका कथा’ (२०६५), ’अर्जुनदृष्टि’ (२०६७), ’अणु र पहाड’ (२०६९), ’व्यंगम् शरणं गच्छामि’ (२०७०) र ’एकलव्य दृष्टि’ (२०७१) गरी आठवटा लघुकथासंग्रह प्रकाशित छन् । त्यसैगरी मुक्तकसंग्रह ’चाँदीको घेरा’ (२०६२) तथा नियात्रासंग्रह ’ग्रेटवालको ग्रेट अनुभूति’ (२०६६) पनि पाठकमाझ आइसकेको छ ।
डा. समीरले पद्म श्री साहित्य पुरस्कार, युवावर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सम्मान एवं पुरस्कार प्राप्त गरेका छन् । फाइनप्रिन्टले प्रकाशन गरेको ’भूकम्ममा मल्हमपट्टी’को मूल्य ३४८ रुपैयाँ राखिएको छ । अन्नपूर्ण पोष्टबाट