शिक्षा क्षेत्रमा समता स्कुलको सर्वसुलभ नवदृष्टि

2191
views

विकास राज पौडेल
पर्वत २७ चैत्र । चर्चित कलाकार महजोडीको व्यस्त समय हुँदाहुँदै पनि शनिवार पर्वत आए । टेलिभिजन पर्दामा देखिने महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय कुश्मा आउँदा दर्शकको लाम लाग्यो । प्रायजसो नेताहरुबाट उद्घाटन हुने विकास निर्माणका कामहरु यसपाली भने महजोडीबाट गराईयो । कुश्मा नगरपालिका खरेहामा संचालनमा आएको समता स्कुलको उद्घाटन तथा नयाँ भवनको शिल्यान्यासका लागि नेता बोलाइएन् । महजोडीबाट हर्षोल्लासका साथ गरियो । भवन शिलन्यास एवं उद्घाटन कार्यक्रममा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायले न्युनतम एकसय रुपैयाँमा पढाई हुने यस्तो खालको विद्यालयलाई सबैले संरक्षण गर्न आग्रह गरे ।यस्ता विद्यालयमा दिनभर मजदुर काम गरेर परिवार पाल्नेले पनि आफ्ना बालबच्चा पढाउन सक्ने हुँदा सबैको लोकप्रिय बन्ने बताए । साथै उक्त कार्यक्रममा नयाँ कक्षा सञ्चालन गर्नका लागी नयाँ भवन बनाउपर्ने भएकोले भवनको पनि शिल्यान्यास गरेका छन । उत्तम संजेलको अभियानमा स्थापित समता स्कुलका हालसम्म देशभर ५३ ओटा शाखा विस्तार भइसकेका र करिब ५३ हजार बालबालिकाले सस्तो शुल्क एकसय रुपैयाँमा अध्ययन गरिरहेको पनि बताइएको छ ।
यसको शाखा भारतको विहारमा पनि छिट्टै सञ्चालनमा ल्याउने र समता अस्पताल पनि सञ्चालनको तयारीमा रहेको एकसय रुपैयाँमा शुल्क तिरेर नर्स बन्न पाउने अभियानकर्ता उत्तम संजेलले बताए । कार्यक्रममा ल्च्ल् का उपेन्द्र महतो, डा. विनोद पाण्डे, समाजसेवी मानकुमारी गिरी, अभिभावक स्कुलका शिक्षिका लगायतले आफ्ना धारणा राखेका थिए । मन्तव्य दिने अधिकांस बक्ताहरुले शिक्षा क्षेत्रमा सर्वसुलभ तरीकाबाट समता स्कुलले नवदृष्टि लगाएको बताए । सो कार्यक्रमको सञ्चालन उत्तम संजेलले गरेका थिए ।