सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बसेको देजमो, नेपालको केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले लिएका मुख्य मुख्य निर्णहरु कस्ता छन् रु बुँदागत रुपमा बताइदिनुस् न ।
हो, देशभक्त जनगणतान्त्रिक मोर्चाको केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । यसले लिएका मुख्य निर्णय भनेको प्रतिक्रियावादी राज्यसत्ताले आयोजना गरेको स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने निर्णय नै हो । बैठकमा हामीले यही निर्वाचनसम्बन्धी विविध विषयहरुमा विविध छलफल गरेका छौं । र, तदनुसार निर्णयहरु लिएका छौं । ती निर्णयहरु यसप्रकार छन् ः देजमो, नेपाललाई निर्वाचन आयोगमा दर्ता गर्ने, स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र तयार पार्ने, निर्वाचनसम्बन्धी प्रचार प्रसारलाई व्यवस्थित गर्ने, त्यसको निम्ति पर्चा, पोस्टर, कोणसभा, जनसभाहरुको आयोजना गर्ने देखि लिएर सम्पूर्ण निर्वाचनका कार्यक्रमहरु पर्दछन् ।
चुनावको क्रान्तिकारी उपयोग गर्ने भन्नुभएको छ । यो भनेको के हो ? र, चुनाव उपयोग गर्नै पर्ने वाध्यता किन प¥यो ? संक्षिप्तमा प्रष्ट पारिदिनुस् न ।
–चुनावको क्रान्तिकारी उपयोग गर्ने भनेको एउटा प्रतिक्रियावादी व्यवस्थान्तर्गतको चुनावलाई उपयोग गर्दै त्यही प्रतिक्रियावादी व्यवस्थालाई समाप्त पार्नका लागि क्रान्तिको तयारीगर्ने एउटा मञ्चको रुपमा निर्वाचनको प्रयोग गर्नु हो । त्यसकारण हामीले यो निर्वाचनमा सहभागी भइरहँदा हाम्रो उद्देश्य यो पश्चगामी संविधानलाई सहयोग पु्¥याउने हुने छैन । अपितु, यो संविधानलाई ध्वस्त पार्ने र असफल पार्ने उद्देश्य हुनेछ । जहाँसम्म चुनाव उपयोग गर्ने वाध्यता किन प¥यो भन्ने प्रश्न छ, यो अहिले नेपाली समाजमा विद्यमान राजनीतिक आन्दोलनको स्थिति क्रान्तिकारी र प्रतिक्रियावादी शक्तिबीचको शक्ति सन्तुलन, क्रान्तिकारीहरुको कमजोर आत्मगत शक्ति, जनताको राजनीतिक सोचाइ र जनतामा उत्पन्न भ्रमको कारणले पैदा भएको स्थिति नै यसका प्रमुख कारणहरु हुन् । निर्वाचनलाई उपयोग गर्ने कुरा हाम्रो लागि रुचिकर कुरा होइन । यतिखेरको नेपालको राजनीतिक परिस्थितिले खडा गरेको वाध्यताको परिणाम हो ।
कतिपयले यसलाई संसदवादतिर जान खोजिएको घुमाउरो बाटो भनेर पनि आलोचना गरेका छन् नि ?
हो, कतिपयलाई त्यस्तो भ्रम परेको पनि हुन सक्छ । यो भ्रमको पछाडि पहिलो कुरा त उनीहरुमा प्रतिक्रियावादी संसदलाई उपयोग गर्ने कि बहिस्कार गर्ने भन्ने कुरा एउटा क्रान्तिकारी पार्टीका लागि कार्यनीतिको विषय हो भन्ने कुरामा स्पष्टताको अभाव देखिन्छ । निर्वाचनमा भाग लिने जुन शक्तिहरु छन्, उनीहरुको निर्वाचनलाई हेर्ने दुईवटा नितान्त फरक दृष्टिकोण छन् । हामीले यसलाई उपयोग गर्नुको उद्देश्य भनेको यो प्रतिक्रियावादी राज्यव्यवस्थालाई समाप्त पार्नका निन्ति यसलाई मञ्चको रुपमा प्रयोग गर्ने हो । जसरी भएपनि निर्वाचन जितेर यही सत्तामा सहभागी हुने उद्देश्य हाम्रो होइन । त्यसलाई हामीले मुख्य सफलताको कडी मान्दैनौं । हामी यो प्रतिक्रियावादी व्यवस्था र तिनीहरुको भण्डाफोर, क्रान्तिको पक्षमा प्रचार र जनताको बीचमा क्रान्तिकारी जनसंगठनको निर्माण जस्ता विषयलाई प्रमुखता दिन्छौं ।
संविधानलाई प्रतिगामी र जनविरोधी करार गर्दै त्यसै संविधानको कार्यान्वयनका लागि आयोजित चुनावमा जाने हो भने दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार गलत भएको निष्कर्ष निकाल्नुपर्छ र संविधान स्वीकार गरेको घोषणा गरेर जानुपर्छ भनेर आलोचना गर्नेहरुलाई के भन्नुहुन्छ ?हो, हामीले प्रायोजित संविधानसभा–२ लाई सशक्त बहिस्कार गरेका थियौं । र, यो राजनीतिक अनुमानलाई अगाडि सारेका थियौं कि यो संविधासभा नं २ ले बनाउने संविधान पश्चगामी हुनेछ । आखिर त्यो कुरा सत्य सावित भयो र यो संविधानसभाले पश्चगामी संविधान नै बनयो र जारी ग¥यो । त्यसकारण हामीले गरेको बहिस्कारको त्यसले औचित्य पुष्टि गर्छ । जहाँसम्म यो चुनावालाई क्रान्तिकारी उपयोग गर्ने भन्ने प्रश्न हो, त्यो यतिखेरको वर्गसंघर्षको र राजनीतिक आन्दोलनको क्रान्तिकारीहरुको आत्मगत शक्तिको र प्रतिक्रियावादी र क्रान्तिकारी शक्तिबीचको अवस्थालाई हेरेर गरिएको निर्णय हो । क्रान्तिकारी उपयोगको अर्थ यो पश्चगामी संविधानलाई स्वीकार गर्नु कदापि होइन । संघर्ष उभारतिर नभएर उतारको अवस्थामा रहेकोले बहिस्कार प्रभावकारी नहुँदा त्यसले अन्ततः क्रान्तिकारी शक्तिलाई नै कमजोर बनाउछ र प्रतिक्रियावदीहरुको आधारलाई अझ बलियो बनाउँछ । यस्तो अवस्थामा निर्वाचनको क्रान्तिकारी उपयोग गरेर जनताका बीचमा संगठन निर्माण गर्ने र क्रान्तिकारी आन्दोलनको तयारी गर्ने नीति नै क्रान्तिकारी नीति हो । त्यसकारण हामीले निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएका हौं । अहिलेको हकमा यो नै वस्तुवादी र वैज्ञानिक छ ।
प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादन्मुख राजनीतिक पार्टी भनेर चाहिं कुन कुन पार्टीहरुलाई भन्नुभएको हो र ?
हामीले यतिखेरको अवस्थामा नेपालमा विद्यमान राजनीतिक पार्टीहरुमध्ये राप्रपालाई प्रतिगामी, नेपाली कांग्रेस र एमालेलाई प्रतिक्रियावादी र माओवादी केन्द्रलाई प्रतिक्रियावादन्मुख राजनीतिक पार्टी भन्ने विश्लेषण गरेका छौं ।
निर्वाचनलाई उपयोग गर्ने तपाईंहरुले निर्णय गरेपछि माओवादी केन्द्रमा चुनाव हार्ने डरले खैलाबैला मच्चिएका समाचारहरु पनि आएका छन् । माकेसँग चुनावी तालमेल हुँदैन ?
निश्चित रुपमा माकेका नेता र कार्यकर्ताहरु हामीले निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय लिएपछि त्यसबाट चिन्तित देखिन्छन् । उनीहरुले हामीले बहिस्कार गरिदिए हाम्रो पक्षका जनताहरु जो निर्वााचनमा कुनै न कुनै रुपमा सहभागी हुन जानछन्, ती भोटहरु आफ्नै ढ्वाङमा पर्छ भनेर बसेका थिए तर हामीले निर्वाचनलाई क्रान्तिकारी उपयोग गरेपछि माओवादीका नाममा तिनले भोट पाउने सम्भावना कम भएको छ । तिनीहरुले आफ्नो माओवादी पहिचान पनि गुमाउँदै गएको अवस्थामा इमान्दार माओवादीहरुको भोट अब देजमोलाई पर्ने बढी सम्भावना छ । संसदीय राजनीतिमा चुर्लुम्म डुबेको माके निर्वाचनमा पराजित भएपछि अब उसको भविष्य अन्धकार बनेको छ । जहाँसम्म माकेसँग चुनावी तालमेलको कुरा हो, माथि नै भनिइसकिएको छ । माके अब प्रतिक्रियावादी उन्मुख शक्तिमा पतन भइसकेको हुनाले त्यो सँग हाम्रो कुनै पनि चुनावी तालमेलको स्थिति छैन ।
निर्वाचन बहिस्कार गरेको विप्लव नेतृत्वको नेकपा र सत्तारुढ माकेले तपाईंहरुका विरुद्ध जनतामा भ्रम दिन खोजेको देखियो नि ?
हो, नेकपाले निर्वाचनलाई बहिस्कार गर्ने निर्णय गरेको छ भन्ने चर्चामा आएको छ र उनीहरुले के भ्रम पार्न खोजेका छन् भने यो नै क्रान्तिकारी कार्यनीति हो । उनीहरुको बहिस्कारलाई उनीहरु आफैले सक्रिय र निर्वाचनलाई ध्वस्त पार्ने बहिस्कार भनेका छैनन् । यसको अर्थ हो उनीहरुले भनेको बहिस्कार निक्रिय बहिस्कार हुनेछ । निष्क्रिय बहिस्कार आफैमा आत्मघाती कार्यनीति हो । त्यसले अन्ततः क्रान्तिलाई होइन प्रतिक्रान्तिलाई सघाउ पु¥याउँदछ । अर्को उनीहरुले दिन खोजेको भ्रम के पनि छ भने उनीहरु जनसत्ताको निर्वाचन गराउने भन्ने प्रचारबाजी गरिरहेका छन् । जनसेना वा जनताको फौजविनाको कस्तो जनसत्ता हो रु त्यो बुझिनसक्नु भएको छ । त्यसकारण त्यो एउटा फगत भ्रम मात्र हो भन्ने देखिन्छ । जहाँसम्म माकेको सवाल छ, माकेले अहिले पनि व्यापक रुपमा के भ्रम सिर्जना गर्ने कोशिस गरिरहेको छ भने नेकपा ९क्रान्तिकारी माओवादीसँग उनीहरुको एकता हुँदैछ । अथवा, दुई पार्टीका बीचमा चुनावी तालमेल हुँदैछ । प्रचारको यो गोयबल्स शैली हो । यसको निम्ति मोके नेपालमा विशेष रुपले बद्नाम नै छ । केही अवसरवादी मानिसहरुलाई आफ्नो पक्षमा ल्याएर, सामेल गराएर पार्टी एकताको संज्ञा दिनु तिनीहरुको एउटा दिवालीयापन हो । वास्तवमा नेकपा ९क्रान्तिकारी माअोवादी०ले नेकपा ९माके०लाई प्रतिक्रियावादन्मुख शक्ति भन्ने विश्लेषण गरिरहेको अहिलेको अवस्थामा त्यससँग कुनै पनि प्रकारको एकतालाई इन्कार गरेको छ । जहाँसम्म चुनावी तालमेलको कुरा छ देजमोले प्रष्ट पारिसकेको छ कि माकेसँग कुनै प्रकारको चुनावी तालमेल हुनेछैन ।
मोर्चाको व्यानरमा एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सम्भावना पूरै सकिएको हो रु त्यस दिशामा आन्दोलनलगायत अन्य कुनै पहल गर्नुहुन्छ कि ?
अहिलेसम्मको स्थितिमाथि ध्यान दिंदा तीन पार्टीको सिन्डिकेटले अन्य पार्टीहरुसँग चुनावी प्रतिस्पार्धा पनि नगर्ने र आपसमा नै निर्वाचनलाई सीमित गर्ने उद्देश्यले हाम्रो मोर्चा लगायत अन्य कतिपय पार्टीहरुलाई चुनावको लागि एक प्रकारले प्रतिबन्धित गरिदिएका छन् र उनीहरु देशभक्त जनगणतान्त्रिक मोर्चालाई चुनाव चिन्ह नदिने निर्णयमा पुगेका छन् । हामी त्यसको विरुद्धमा यो दलहरुमाथि यसप्रकारले प्रतिबन्धित गर्ने वा निषेधित गर्ने कुराको विरुद्धमा कार्यगत एकता गरेर संघर्षलाई उठाउने प्रयत्न गरिरहेका छौं ।
घोषित मितिलाई पर सार्नुपर्छ, दल दर्ता र एउटै चुनाव चिन्हमा निर्वाचनमा जान पाउनु पर्छ भन्ने माग गर्दै आन्दोलन गरिरहेका राजनीतिक दलहरुसँग सहकार्यको सम्भावना कस्तो छ ?
निर्वाचनमा जाने वा स्थानीय तहको निर्वाचनालाई क्रान्तिकारी उपायेग गर्ने निर्णय हामीले भर्खरै गरेको हुनाले हामीले घोषित मितिलाई पर सानुपर्छ, दल दर्ता र एउटै चुनाव चिन्हमा चुनावमा जान पाउनु पर्छ भन्ने माग गर्दै आन्दोलनमा रहेका राजनीतिक दलहरुसँग सहकार्य सुरु गरेका छौं र हामी त्यो सहकार्यलाई अझ अगाडि बढाएर लैजाने छौं ।
जनतामा लैजाने एजेण्डाहरु के कस्ता छन् रु चुनावी घोषणा पत्र कहिलेसम्ममा आउँछ ?
हाम्रो मुख्य एजेन्डा निर्वाचनको दौरानमा जनताको बीचमा प्रचार गर्ने विषयहरु अन्य पार्टीको भन्दा फरक हुनु स्वाभाविक हो । हामी क्रान्ति पूरा भएको छैन, क्रान्तिलाई धोका भएको छ, क्रान्ति प्रतिक्रान्तिमा गएर टुंगिएको छ भन्ने मान्यता राख्दछौं । त्यसैले हाम्रो पहिलो प्रयास नेपालमा अपूर्ण वा असफल क्रान्तिलाई पूरा गर्ने कामको तयारी गर्नु नै हुनेछ । यसका साथ साथै जनता राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई पनि सँगसँगै उठाएर लैजानेछौं । यसै आधारमा हाम्रो निर्वाचनसम्बन्धी घोषणा पत्र पनि तयार हुँदैछ ।
संसदवादी पार्टीहरुको चुनावी तामझाम र तडकभडक अर्कै छ । उनीहरु साम, दाम, दण्ड, भेद गरेर चुनाव जित्ने रणनीतिमा लागेका छन् । ठूलो आर्थिक संकट झेलिरहेका क्रान्तिकारीहरुले संसदवादीहरुसँग चुनावमा प्रतिस्पर्धा गर्ने र जित्ने बातावरण बनाउन कसरी सक्लान रु कसरी तयारी गर्दै हुनुहुन्छ ?
यो कुरा सत्य हो कि पश्चगामी र प्रतिक्रियावादी शक्तिहरुको लागि सत्ता हासिल गर्ने एउटा साधन चुनाव नै हो । त्यसकारण उनीहरु यसमा साम दाम दण्ड भेद सबैको प्रयोग गर्छन् । उनीहरु आफूले भ्रष्टाचार गरेर थुपारेको सम्पत्तिको प्रयोग गर्छन् । सत्तामा भएका पार्टीले राज्यको ढिकुटी र राज्यशक्तिको दुरुपयोग गरेर चुनाव जित्ने प्रयास गर्छन् । त्यसको अभ्यास मोक, कांग्रेसलगायतले सुरु पनि गरिसकेका छन् । त्यसकारण हाम्रो पार्टीले पैसामा यी प्रक्रियावादी सत्ताधारी पार्टीसँग प्रतिस्पार्धा गर्न सक्दैनन् । हामीले निर्वाचन जित्ने सबैभन्दा ठूलो हतियार भनेको हाम्रा जनताका एजेण्डा नै हुन् । जनताप्रतिको समर्पण, जनताप्रतिको जिम्मेवारी, इमान्दारिता, भ्रष्टाचार, तस्करीको विरोध, राष्ट्रघात र जनघातको विरोध नै हुनेछन् । हामीलाई लाग्छ भ्रष्टाचार र तस्करी गरेर कमाएको पैसा भन्दा यो राजनीतिक हतियार निकै शक्तिशाली हुन्छ ।
चुनावको कार्यविधि तथा आचारसंहिता चाहिं कस्तो बनाउनु भएको छ रु मोर्चाको नीति र निर्देशनबाहिर गएर चुनावी तालमेल गर्ने उम्मेदवारको हकमा मोर्चाले कस्तो रुख अपनाउँछ ?
हामीले चुनावको कार्यविधि र आचारसंहिता सामान्य किसिमले नै बनाएका छौं । हामीलाई लाग्छ हाम्रो मोर्चाको नीति र निर्देशनबाहिर गएर कुनै पनि उम्मेदवारले निजी फाइदाको लागि प्रतिक्रियावादी, पश्चगामी शक्तिसँग तालमेल गर्छ गर्नेछैन । यदि कसैबाट त्यस भए÷गरिएको पाइएमा त्यो गलत तत्वबाटै हुने काम हो । त्यसका विरुद्ध हामीले कठोर अनुशासनको कारबाही गर्ने छौं ।छुटेका केही विषयहरु छन् भने उल्लेख गरिदिनुस् न ।
–अब आउने दिनमा नेपाली राजनीति निर्वाचनसँग जोडिएर नै अगाडि बढ्ने देखिन्छ । मधेसको अवस्था हेर्दा मधेसी मोर्चाहरुको माग पूरा नभएको अवस्थालाई हेर्दाखेरि निर्वाचन तोकिएको मितिमा नुहुन पनि सक्छ वा उनीहरु सम्झौतामा पुगेर विद्यमान अवस्थामा चुनावमा जान पनि सक्छन् । त्यसरी हेर्दा तीनवटै सम्भावना विद्यमान छन् । निर्वाचन पर सर्ने, निर्वाचन नहुने र निर्धारित समयमा निर्वाचन हुने । जे भएपनि नेपालमा क्रान्तिको तयारीका निम्ति देशभक्त जनगणतान्त्रिक मोर्चाले निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीतिलाई सशक्त बनाउन सबै परिवर्तन पक्षका शक्ति र जनतासँग म आव्हान गर्न चाहन्छु ।