गर्जियो राजमो फलेवास र बर्राचौरमा

1495
views

शुसिल भुजेल
पर्वत, २७, चैत्र । चुनावी मञ्च पछाडी जनमास आउनेक्रम जारी रहेकै बेला राष्ट्रिय जनमोर्चाकी सांसद मिना पुनले संघियताले देशलाई अप्ठ्यारो मा पु¥याएको बताईन । राष्ट्रिय जनमोर्चाको पकड क्षेत्र मानिएको फलेवास नगरापालिकामा भएको भेलामा गर्जिदै पुनले संघियता थेग्न नसक्ने देशमा संघीयता लागु गरे त्यसको असर देश र जनतालाई पर्ने बताईन् ।

उनले भनिन् ‘ठुला दलहरुले मुलुकलाई अस्थिरतातर्फ धकेलेका हुन् भन्दै निष्ठा र विचारको राजनीति भन्दा पनि सत्ता मोहको राजनीति गर्दा देश गोलचक्कर मा फसेको  हाे ।’ पुनले राष्ट्रिय अखण्डतामा आँच पुगेको हुँदा संघियतामा जाने निर्णयमा ठुला दलहरुले पूनविचार गर्न सुझाईन् ।

प्रजातान्त्रिक विकेन्द्रिकरण र स्थानिय शासन सहितको एकात्मक शासन प्रणालीले राष्ट्र र राष्ट्रवासीको हित हुने भन्दै मात्र राष्ट्रियता बलियो भए जातजाती, भाषा र सबै प्रकारका उत्पीडन झेलिरहेको पुनको भनाई थियो । उनले चित्र विग्रेपछि विचित्र हुने टुक्का हाल्दै संघीयताले देशको चित्रलाई विचित्र बनाएको धारणा व्यक्त गर्दै स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताईन् । गरिन् । कार्यक्रममा महिला नेतृ ईन्दिरा पौडेलले समेत धाराण व्यक्त गरेकी थिईन ।

फलेवास नगरापालिकामा भएको भेलामा भोजराज उप्रेतिको अध्यक्षतामा १७ सदस्यिय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना कुँवर, सचिव वुद्धिराज गौडेल, कोषाध्यक्ष दिवाकर भुसाल र सदस्यहरु राम बहादुर क्षेत्री, डोलराज भुसाल, मोतिलाल नेपाली, भरत श्रेष्ठ, नरिश्वर शर्मा, रिता भुसाल, ईन्द्रकान्त शर्मा, सरीता भुसाल, लव श्रेष्ठ, पदम कुँवर, निर्मल श्रेष्ठ र प्रमोद भुसाल रहनुभएको छ । र रिक्त सदस्य संख्या पछि पूर्ति गर्ने राष्ट्रिय जनमोर्चा पर्वतले जनाएको छ ।