दुई मुक्तक

776
views

-विनिता हमाल ठकुरी

म पनि त राम्रै भैछु मोटाएपछि ।
तिम्लाई मेरै मायामा लोटाएपछि ।।
धेरै जिद्दी नगर भो वद्लिन्न भनी ।
घन बञ्चरो हुन्छौ तिमी घोटाएपछी।।

जिन्दगीभर वुढो कन्य वननुपर्ला फेरी ।
नङ र मासु छुटेको दिन गन्नुपर्ला फेरी ।।
मेरो घरमाा विहेको कुरा चलेको छ सोच ।
उस्लाई भेना मलाई दिदी भन्नुपर्ला फेरी ।

देउपुर ,९ पातिचौर ,पर्वत ।