बरिष्ठ उपाध्यक्षमा गोल्छा विजयी अध्यक्षमा भवानी राणा

2082
views

नवदृष्टि संवाददाता
काठमाडौं, ३०, चैत । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मंगलबार अबेर राति सार्वजानिक मतपरिणाम अनुसार गोल्छा उपाध्यक्षमा निर्वाचित भएका छन् । साथै संशोधित विधान अनुसार स्वतः बरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने व्यवस्था बमोजिम निवर्तमान बरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्षमा निर्वाचित भएको घोषणा भएको छ । उद्योग वाणिज्य महासंघको इतिहासमा भवानी पहिलो महिला अध्यक्ष हुन् । गोल्छाले प्रतिद्वन्द्वी किशोरकुमार प्रधानलाई पराजित गरेका हुन् । महासंघको नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ । यसअनुसार तीन वर्षपछि ५२ औं साधारणसभाबाट गोल्छा स्वतः अध्यक्ष हुनेछन् ।

यसअघि घोषित मतपरिणाम अनुसार जिल्ला र नगर समूहका उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । उनी प्रधान समूहका हुन् । उनले ५३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दिलिप श्रेष्ठले ४७ मत पाएका थिए । यसमा गोल्छाले ४७ र प्रधानले ५१ मत ल्याएका थिए । त्यस्तै, वस्तुगततर्फका उपाध्यक्षामा गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी भएका छन् ।
उनले ४७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी शंकर पाण्डेको ४३ मत थियो । वस्तुगततर्फ गोल्छाले ६१ र प्रधानले ४२ मत पाएका थिए ।वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले आफ्नो कार्यकालमा नीतिगत सुधारमा जोड दिने बताएका छन् ।