काँगेंस नेता रामचन्द्र जोशीको घरमा सकेट बम

853
views

नवदृष्टि संवाददाता
पर्वत, २०, बैशाख । स्थानीय तह निर्वाचनको उम्मेदवारको मनोनयन दर्ता गरे लगत्तै अज्ञात समुहद्वारा कुश्मा नगरपालिकाका मेयर पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा सकेट बम राखिएको नेट फोन मार्फत नवदृष्टिलाई बताइएको छ । नेपाली काँग्रेसका पुराना नेता एवं कुश्मानगरपालिकाका मेयर रामचन्द्र जोशीको घरमा सकेट बम राखिएको खुल्न आएको हो । मंगलबार मनोनयन दर्ताको दिन दुईबजेको समयमा आधिकारीक पत्र सहित सकेट बम राखिएको बताईएको छ । अज्ञात समुहले बम राखेको हुनसक्ने आशंका गरिएको छ । उम्मेदवार जोशीले भने आफुलाई कुनै जानकारी नभएको बताएका छन् । सो बारेमा जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल (१००) पनि जानकारी नभएको जनाइएको छ । अज्ञात समुहले मनोनयन दर्ताको दिन जोशीको घरमा बम राखिएको भएपनि सम्बन्धित व्यक्तिहरु अन्जानमा रहेका छन् ।