३४ जिल्लामा ४९ हजार २ सय ७ को उम्मेदवारी, दर्ता

काठमाडौंमा मात्र ३५ सय ६ उम्मेदवार

643
views


काठमाडौं, २२,बैशाख ।
–स्थानीय तहको निर्वाचन अन्र्तगत पहिलो चरणका लागि ३ जिल्लाका २ सय ८३ स्थानीय निकायमा ४९ हजार २ सय ७ को उम्मेदवारी परेको छ । निर्वाचन आयोगले निकालेको अन्तिम अंकडा अनुसार नगरपालिका तथा गाँउपलिका प्रमुख तथा अध्यक्षमा १९ सय २५, उपप्रमुख तथा उपाध्यक्षमा १४ सय १९, वडाध्यक्षमा १० हजार ८ सय ४१ को उम्मेदवारी परेको छ । यस्तै वडा सदस्यमा १८ हजार ३ सय ७१, महिला सदस्यमा ९ हजार ३३, र दलित महिला सदस्यमा ७ हजार ४ सय ७२ को उम्मेदवारी परेको छ ।कुन जिल्लामा कति उम्मेदवार
सबैभन्दा बढी काठमाडौंमा ३ हजार ५ सय ६ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम मनाङमा २ सय ३३ जनाको उम्मेदवारी परेको छ । काभ्रेमा २७ सय ५१, कालिकोटमा १७ सय ३९, कास्किमा १५ सय ४९, गोरखामा १९ सय ३८, चितवनमा ११ सय ३३, जाजरकोटमा १३ सय १२ कोउम्मेदवारी परेको छ । यस्तै जुम्लामा १२ सय १७, डोल्पामा ६ सय ६३, तनहुँमा १५ सय ८३, दैलेखमा १९ सय १७, दोलखामा १२ सय ८१ को उम्मेदवारी परेको छ । धादिङमा २ हजार ६१, नवलपरासीमा १७ सय ३१, नुवाकोटमा १९ सय १५, पर्वतमा १ हजार ९२, बाग्लुङमा १४ सय ७०, भत्तपुरमा १ हजार १२, मकवानपुरमा १८ सय १५, मनाङमा २ सय ३३, मुगुमा ५ सय ९७, मुस्ताङमा २ सय ३८, म्याग्दीमा ६ सय १७, रसुवामा ५ सय ६८, रामेछापमा १ हजार ७६ को उम्मेदवारी परेको छ । यस्तै रुकुममा ११ सय ९६, लमजुङमा १ हजार ४३, ललितपुरमा १५ सय ९३, सल्यानमा १५ सय २९, सिन्धुपाल्चोकमा १९ सय १०, सिन्धुलीमा १३ सय ७, सुर्खेतमा २ हजार ५७, स्याङ्जामा १६ सय ७६, र हुम्लामा ७ सय १० गरी ४९ हजार २ सय ७ को उम्मेदवारी परेको हो ।