महाशिला गाउँपालिकाको अध्यक्षमा एमाले नेता पौडेल विजय

822
views

निर्मल पौडेल
पर्वत, ३ जेठ । महाशिला गाँउपालिका पर्वतको प्रमुखमा नेकपा एमालेका तर्फबाट उम्मेदवार राजु पौडेलले २४५३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी उज्ज्वल गुरुङ्गले २ हजार १० मत प्राप्त गर्नुभएको थियो । गाउँपालिकाको उपप्रमुखमा एमालेकै हिरा कुमारी रानाले २४८४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी सृजना मल्ल ठकुरीले १ हजार ९ सय ५१ मत पाउनुभएको छ । महाशिला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित एउटा बाहेक सबै वडामा नेकपा (एमाले) बिजयी भएको हो । महाशिला गाउँपालिकाको वडा नं १,३,४,५ र ६ नम्बर वडामा समेत प्यानलै जितेको छ । वडा नं २ मा भने कांग्रेसले जितेको छ । वडा नं १ मा इश्वरी भुसाल, २ मा ताराबहादुर राना, ३ मा रोशन गुरुङ्ग, ४ मा पुरनबहादुर मल्ल, ५ मा जीवन उचैं ठकुरी र ६ मा रामबहादुर सुनार बिजयी हुनुभएको हो ।