सगरमाथा आरोहणका क्रममा एक अमेरिकी आरोहीको मृत्यु

664
views

सोलुखुम्बु,८ जेष्ठ । सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सक समेत रहेका उनको आइतबार आठ हजार ४ सय मिटरको उचाइमा मृत्यु भएको हो । उनीसँगै यस वर्ष सगरमाथामा आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
यसअघि नेपाली नागरिक मीनबहादुर शेरचनको आधार शिविरमा मृत्यु भएको थियो भने स्वीस नागरिक युली स्टेकको पनि आधार शिविरमै मृत्यु भएको थियो । आरोहण सकेर फर्कदै गरेका एक भारतीय नागरिक पनि शनिबारदेखि हराइरहेको बताइएको छ ।
यस वर्ष आइतबारसम्ममा १२० भन्दा बढी आरोही शिखरमा पुगेका छन् । आरोहणका लागि कुल ३७४ जनाले अनुमति लिएकोमा आइतबारसम्म करिब १२० जना शिखरमा पुगेका हुन् ।