अमेरिका पेरिस सम्झौताबाट बाहिरियो, ईयु र चीन प्रतिबद्ध

666
views

एजेन्सी । अमेरिका जलवायु सम्बन्धि पेरिस सम्झौताबाट बाहिरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी हितलाई ध्यानमा राख्दै यो सम्झौताबाट बाहिरिएको बताएका छन् । उता चिनियाँ प्रधानमन्त्री ली केकियाङले भने जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको कार्यान्वयनका लागि चीनको प्रतिबद्वता दोहो¥याएका छन् । पेरिस जलवायु सम्झौता कार्यान्वयनबाट अमेरिका पछि हटिरहेका बेला उनले सम्झौता कार्यान्वयन आफ्नो देशका लागिसमेत भएको बताएका हुन् । जर्मनीको भ्रमणमा रहेका उनले बर्लिनमा बोल्दै चीनले यसलाई कार्यान्वयन गर्ने र अन्य देशले पनि यसलाई अनुसरण गर्ने आशा व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सन् २०१५ मा भएको पेरिस सम्झौताबारे केही समयपछि बोल्ने बताएका थिए । तर उनले अमेरिका पुगेर त्यसलाई छाडेको बताइसकेका छन् ।
लीले भने, ‘चीनले पेरिस सम्झौतालाई निरन्तरता दिनेछ । तर, हामीले यसबारेमा अन्य राष्ट्रसँग समेत सहयोगको अपेक्षा गरेका छौं ।’ ठूलो विकासशील राष्ट्र भएकाले जलवायु परिवर्तन रोक्नु चीनको अन्तर्रा्ष्ट्रिय दायित्व रहेको बताए ।
चीन र ईयूका नेताहरूले पेरिस सम्झौताबारे संयुक्त विज्ञप्तिमा यसलाई पहिलेभन्दा केही जरुरी आवश्यकता भएको उल्लेख गरेका छन् ।
सो विज्ञप्तिको मस्यौदालाई उद्धृत गर्दै बीबीसीले भनेको छ, ‘राष्ट्रिय सुरक्षामा बढ्दो तनावले सामाजिक र राजनीतिक नाजुकतामा वृद्धि गर्छ ।’
मस्यौदा वक्तव्यमा ईयू र चीनले पेरिस सम्झौतालाई ऐतिहासिक उपलब्धि भन्दै साझा राजनीतिक इच्छाशक्ति र आपसी विश्वास विश्वले सामना गरेको सबभन्दा ठूलो समस्या समाधान गर्न प्रभावकारी हुने उल्लेख गरिएको छ ।
पेरिस सम्झौतामा विश्वका विभिन्न राष्ट्रले विश्वव्यापी तापमानलाई औद्योगिक युगभन्दा अघिको तुलनामा औसत २ भन्दा कम डिग्री सेल्सियसले मात्र बढ्न दिने प्रतिबद्धता जनाएका थिए । सो सम्झौतामा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले समेत हस्ताक्षर गरेका थिए ।