पर्वतका दुईवटै नगर कार्यपालिकामा एमालेको कब्जा

670
views

पर्वत, १९, जेठ । पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ । बिहीबार भएको निर्वाचन प्रक्रियामा नेकपा (एमाले) को प्यानलसहित विजयी भएको हो । तीन दलित र अल्पसङ्ख्यक तथा पाँचजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको छ । निर्वाचित दलित तथा अल्पसङ्ख्यकबाट मनोहर विश्वकर्मा, डम्बरबहादुर नेपाली र देवेन्द्रबहादुर नेपाली रहेका छन् । महिला सदस्यमा तारादेवी सार्की, देवी नेपाली, नन्दकला क्षेत्री, राधिकाकुमारी शर्मा र सुमित्रा पौडेल रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । नगरपालिकाका १४ वडामध्ये नौवटा वडामा एमाले र ५ वडामा नेपाली काँग्रेस विजयी भएको थियो । कुल ७२ मतमध्ये एमालेको प्यानलमा ३७ र काँग्रेसको प्यानलमा ३५ मत खसेका थिए ।
यता फलेवास नगरकार्यपालिकाको निर्वाचन पनि सम्पन्न भएको छ । निर्वाचनबाट नेकपा एमाले विजयी भएको छ । तीनजना दलित तथा अल्पसङ्ख्यक सदस्य तथा पाँच महिला सदस्यका लागि बिहीबार भएको निर्वाचनमा एमाले बहुमतले विजयी भएको हो । कार्यपालिका सदस्यमा विजयी हुने पाँचजना महिला सदस्यमा केशाकुमारी दमिनी, नन्दु गुरुङ, अमृता काफ्ले, कमला श्रेष्ठ र निर्मला भुषाल रहेका छन् । तीनजना अल्पसङ्ख्यक वा दलितबाट नेत्रबहादुर विक, हिराबहादुर सुनार र सेरबहादुर सुनार रहेका छन् । पलेवास नगरपालिकामा मेयर एमालेका पदमपाणी शर्मा, उपमेयर एमालेकै मञ्जु शर्मा अधिकारी र कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका मेयर रामचन्द्र जोशी र उपमेयर सिता काफ्ले लामिछाने विजयी भएका थिए ।