पर्वत अस्पतालमा नयाँ कामको सुरुवात गर्छु–क्षेत्री

692
views

पर्वत, २५, जेठ । स्वास्थ्य मन्त्रालयको निर्णयवाट पर्वत अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति लिनुभएकी नेपाली काँग्रेसकी महिला नेतृ राधाकुँवर क्षेत्रीले आफ्नो कार्यकालमा नयाँ कामको सुरुवात गर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसकी महासमिति सदस्य समेत रहनुभएकी क्षेत्रीले भैराखेको अस्पतालको अवस्थामा परिवर्तन ल्याउने सोंचमा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति भएको नवदृष्टिलाई बताउनुभयाे ।
क्षेत्रीले नियुक्ति ल्याएपनि पदबहालीको काम नभईसकेको बताउँदै अस्पताल सम्बन्धी आर्थिक, भौतिक, प्राविधिक तथा प्रशासनिक क्षेत्रको विकासका लागि आफुले ल्याएको ठोस र परिवर्तित अवधारणा पदवहालीपछि सार्वजनिक गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘मेरो कार्यकालमा पक्कैपनि नयाँ कामको थालनी हुन्छ,’ ‘‘मैले फलेवास नगरपालिकालाई नमुना नगरपालिका बनाउने स्पष्ट खाका सहित प्रमुखको आकाँक्षा देखाएकी तिएँ, तर त्यो पुरा नभएपनि अस्पतलाको विकासमा नयाँ र स्पष्ट खाका अनिवार्य ल्याउँछु ।’’ जिल्ला अस्पताल पर्वतबाट सर्वसाधारणको सेवामा सर्वसुलभको पहुँच र विस्तार, गुणस्तरीय सेवा, अस्पतालमा आवश्यक साधन स्रोतको विस्तार लगायतका कामलाई प्राथमिकतामा राख्ने बताउनुभयो । लामो समयदेखि शिक्षण पेशा पश्चात राजनीतिमा क्रियाशिल क्षेत्री जिल्लाको मुख्य अस्पतालको अध्यक्ष पदमा नियुक्त भएपछि अस्पतालमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।