विकट गाउँमा सञ्चारको पहुँच विस्तार गर्न जनप्रतिनीधिको सुझाव

669
views

सन्दिप पाठक
पर्वत, २५, जेठ । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकाबाट निर्वाचित जनप्रतिनीधिहरुसँग नेपाल पत्रकार महासंंघ पर्वतले अन्तरक्रिया कार्यक्रम गरेको छ । महासंघले जनप्रतिनीधिलाई बधाई एवं स्थानीय सञ्चार माद्यमको सवलीकरणका लागि स्थानीय तहको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै जनप्रतिनीधिहरुले सबै गाउँपालिकामा सञ्चार माध्यमको पहुँच विस्तार गर्न सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै नवनिर्वाचित फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले स्थानीय सरकारको समृद्धिका लागि सञ्चारमाद्ययमको भूमिका उल्लेख्य रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो ‘गाउँगाउँमा सिहंदरबार पुगेको छ, तरपनि सञ्चार माद्ययमको पहुँच पुग्न सकेको छैन्, हरेक गाउँपालिकामा सञ्चारमाद्ययमको पहुँच विस्तारमा जोड दिन आवश्यक रहेको छ ।’ शर्माले सञ्चार माद्यमको सबलीकरणका लागि जनप्रतिनीधिको हैसियतले आफु र फलेवास नगरपालिका सकारात्मक रहेको प्रष्ट्याउनुभयो । कार्यक्रममा कुश्मा नगरपलिकाका उपमेयर सिता काफ्ले लामिछानेले सञ्चारमाद्यमको सवलीकरण र विकासका लागि कुश्मानगरपालिका सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै पैंयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी र महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले विहादी गाउँपालिका देखी महाशिला र पैयूँ गाउपालिकासम्म रेडियो, पत्रपत्रिका तथा स्थानीय टिभी, अनलाईनको विस्तारसँगै स्थानीयको पहुँच वितारमा जोड दिन सञ्चारकर्मी र सञ्चार संस्थालाई आग्रह गनुृभयो ।
अध्यक्षद्वयले भन्नुभयो ‘उक्त क्षेत्रका बासिन्दाहरु सञ्चार माद्ययमको पहुँचमा नहुँदा विकटवासी बनेको अनुभुति गर्न बाद्य भएका छन् ।’ विकटको अनुभुति गरेका स्थानयिवासीलाई सञ्चारको पहुँचमा ल्याउन गाउँपालिकाहरु संचार माद्ययमलाई सबैप्रकारको सहयोग गर्न तयार छन् ।
सो कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, विहादी गाउँपालिकाका अध्यक्ष, कमल प्रसाद भुसाल लगायतका गाउँपालिकाका अध्यक्षहरुले सञ्चार माद्ययमको सवलीकरणका लागि सकारात्मक रहेको धाराणा राख्दै सञ्चार माद्यमको पहुँच र विस्तारमा जोड दिन सुझाव दिनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका संस्थापक सदस्य भोलानाथ शर्माले स्थानीय सरकार र स्थानीय सञ्चार माद्ययमहरु एकअर्काका परिपुरक भएको बताउँदै स्थानीय सरकारलाई संञ्चार संस्था र सञ्चार संस्थालाई स्थानीय सरकारको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्षद्वय ओमप्रसाद घायल र दुर्गा प्रसाद शर्माले सञ्चार माद्ययमको सवलीकरणका लागि स्थानीय सरकार गम्भिर हुनुपनेृमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ शाखा पर्वतका अध्यक्ष छविलाल तिवारकिो अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष प्रनिश गिरी र सञ्चालन सचिव गणेश गिरीले गनुृभएको थियो ।