फेशनेवल एफथ्री ब्ल्याक भर्जन कालो रङमा सार्वजनिक

1772
views

काठमाडौं । ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । ३२ हजार ९ सय ९० रुपैयाँ मुल्य निर्धारण गरिएको ओप्पोले मध्यम बर्गीय बजार लक्षित एफथ्री ब्ल्याक भर्जनको सार्वजनिक गरेको हो । ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप (सामूहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्ससहितको क्यामेरा जडान गरिएको छ ।
‘उपभोक्ता मागको सुनुवाइ गर्दै तिनको आवश्यकता अनुरुप उत्पादन उपलब्ध गराउनु हाम्रो प्रमुख प्राथमिकता हो’ ओप्पो एफथ्रीको ब्ल्याक भर्जन सार्वजनिक गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ‘नेपाल प्रवेश गर्दा देखिनै हाम्रा उपभोक्ता, तिनमा पनि विशेषगरी युवा पुस्ताले फोनमा रङको विकल्प माग गर्दै आइरहेका थिए । नेपालमा पनि क्रिकेट प्रति कम्पनीको मायाँ दर्साउने सोचका साथ कम्पनीले खेलसंग सम्बन्धित नयाँ टीभीसी सार्वजनिक गरेको छ