जनप्रतिनीधिलाई स्वागत सम्मान ग्रहणमा भ्याई नभ्याई

756
views

पर्वत, २७, जेठ । स्थानिय तह निर्वाचनमा विजय भएका जनप्रतिनीधिलाई स्वागत सम्मान ग्रहण गर्न भ्याई नभ्याई भएको छ । हरेक निकाय र क्षेत्रले जनप्रतिनीधिलाई स्वागत सम्मान एवं बधाई ज्ञापन गरेका छन् । यसैबीच सातवटा नगर तथा गाउँपालिकाका प्रमुख तथा उप प्रमुखहरूलाई लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वत र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले वधाई तथा शुभकामना प्रदान गरेको छ ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, पैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, उपाध्यक्ष जसमती गूरूङ, विहादी गाउँपालिकाका अध्यक्ष कमल भूसाल, उपाध्यक्ष डम्बर कुमारी गुरूङ, माहाशिला गाउपालिकाका अध्यक्ष राजु पौडेल, उपाध्यक्ष हिरा राना, मोदी गाउपालिकाका अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष सेती महत, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सीता काफ्ले लामिछाने, जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा पुन, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसाल लगायतलाई बधाई तथा शुभकामना व्यक्त गरिएको हो ।
सो अवसरमा बोल्दै जनप्रतिनीधिहरुले गैरसरकारी संस्थाले खानेपानी स्वास्थ्य र सरसफाइमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा पर्वत जिल्लाको खानेपानी र सरसफाइको अवस्थाको बारेमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका फोकल प्रर्सन टेकनारायण शर्माले जानकारी गराउएका थिए । लोकतान्त्रिक गैरसरकारी संस्था महासघ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिवराज शर्मा र सञ्चालन सचिव उत्तम प्रसाद अधिकारीले गरेका थिए ।