कडेलकी प्रेमिका मृत्युको मुखमा

1352
views

भुमी सुवेदी
बाग्लुङ्ग, २७, जेठ । लामो समय देखि सञ्चार क्षेत्रमा काम गरिरहेका सञ्चारकर्मी सुवास कँडेल की आफ्नी प्रेमिका मृत्युको मुख पुगेकी छन् । उता कडेल पनि तेस्तै बिरामी परेका छन । जसलाई पनि आफ्नो मुटु सम्मको मान्छे गुमाउदा मन सम्हाल्न गारो हुन्छ अहिले सुवास कंडेलर्लाइ येस्तै भएको छ । एस्तो अबस्थामा पनि कडेलकी प्रेमिकाले भन्छिन “म मरेर गए नि नरोई बसे सानु म त मोर्छु गैहाल्छु भगवानको भैहाल्छु तिम्ले पनि कसैलाई सिन्दुर हाली लानु ।’ कँडेलले सबै माझ आफ्नो पीडा हेर्दिन आग्रह गरेका छन
यो सबै सुबास कंडेलको बास्तबिक जीवनमा घटेको घटना भने होइन । ‘नरोइ बसे सानु’ गीति एल्बममा अभिनय गरेका थिए । कँडेलले यसअघि पनि केही गीतहरुमा अभिनय गरिसकेका छन् । प्रदेशमा रहेका युवा सर्जकहरुको सिर्जनामा रहेको नयाँ गीत ‘नरोइ बसे सानु’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमानै गीतले सबैको मन जित्न सफल भएको सर्जक दिपक कँडेल बताउँछन् । कँडेलले आफ्नो यस अगाडीका गीतहरु जस्तै यो गीत पनि सबैले मन पराइदिनेमा आफु आशावादी रहेको बताए । प्रदेशमा रहेर पछिल्लो समय गीत संगीतमा आक्रामक रुपमा प्रस्तुत भइरहेका नव सर्जक दिपक कँडेलको शव्द तथा जापानमै रहेका अर्का प्रतिभावान सर्जक प्रेम सापकोटा सोनुको लय सिर्जनामा रहेको सो गीतमा माया प्रेममा विछोड भए पछिका दुःखान्त कुराहरुलाई प्रस्तुत गरिएको छ । बबइ म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतमा सुमधुर स्वरका धनि प्रकाश खरालको आवाज रहेको छ भने उनलाई देवी घर्तीले साथ दिएकी छन । दिपक कँडेल र सारिका के.सीको अभिनय रहेको सो गीतको म्युजिक भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।