कथाले मागेपछि दिपासालाई जनप्रतिनीधिको ताली

749
views

पर्वत, २८, जेठ । मोदीखोलाको दृश्यावलोकन समेट्नुपर्ने भएपछि दिपासा विसी र प्रकाश सपुतको अभिनयमा जनप्रतिनीधिले ताली मारेका छन् । आउँदो भाद्र महिनाको ८ गते अगावै कलाकार तथा सञ्चारकर्मी कृष्ण अखेलीले हिन्दु नारीहरुको महान चाड तिजको अवसरमा छायाँकन गरेको म्युजिक भिडियोमा जनप्रतिनीधि र कलाकारहरु देखिएका हुन् । अखेलीले ‘गए बरै त्यस्ता दिन कस्तेरी, राज मार्गमा बस दौडे जस्तेरी’ बोलको तिजी गितको म्युजिक भिडियोको विद्युत उत्पादित क्षेत्र मोदीखोलामा छायाँकन गरिएको हो । कलाकार एवं सञ्चारकर्मी कृष्ण अखेली र लक्ष्मी नेपालीको अवाजमा रहेको उक्त गीत को शब्द चर्चित गीतकार शिव अखेलीको रहेको छ भने लय टंक नेपालीको रहेको छ । आगमी तीज पर्वलाई लक्षित गरी बजारमा आउन लागेको ‘‘झलल बिजुली आयो, सलल मोदीको पानीले, खलल पसिना आउँदा कापिले हम्किन्थेउ सानीले’’ भन्ने गितले मनोरञ्जनसँगै विकास निर्माणलाई जोड दिएपछि जनप्रतिनीधिको सहभागितासँगै मोदीखोलामा छायाँकन गरिएको कलाकार कृष्ण अखेलीको भनाई छ ।अखेलीले उर्जा नदिको रुपमा रहेको मोदीखोलामै लगेर छायांकन गर्दा प्रभावकारी हुने र गीतसँगै दृश्यहरु समेत सोहि ठाउँको हुने भएकाले गीत प्रभावकारी हुने जानकारी दिए । म्यूजिक भिडियो छायांकनमा मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेल, उपाध्यक्ष सेती महत, वडा अध्यक्षहरु बिमल लामिछाने, विकास तिमिल्सिना लगायतको स्थानियको बाक्लो सहभागिता रहेको थियो । झण्डै दुई दर्जन भन्दा बढि गीत गाएका अखेलीले पछिल्ला केहि वर्षका तीज गीतमा भने निकै राम्रो सफलता पाउँदै आएका छन् । सफल फिलिम्सको निर्माणमा बन्न लागेको म्यूजिक भिडियोमा गायक प्रकाश सपुत र दिपासा बिसीले अभिनय गरेका हुन् । ब्यस्त एरेन्जर तारानाथ आचार्य ले ऐरेन्ज गर्ने बताइएको छ ।