काठमाडौं, ७, असार । निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्समा लगानी रहेको चीनको तिब्बत एयरलाइन्सले काठमाडौं उडान सुरु गरेको छ । एयरलाइन्सको जहाज असार ५ गते त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले तिब्बत एयरलाइन्सले छेन्दु(काठमाडौं(छेन्दु उडान अनुमति पाएको हो ।
एयरलाइन्सले सातामा चारवटा उडान भर्ने गरी अनुमति पाएको ठाकुरले जानकारी दिनुभयो । तिब्बत एयरलाइन्सले अनुमति पाएसँगै अब चीनका पाँचवटा एयरलाइन्स कम्पनीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उडान गर्ने भएका छन । यसअघि एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न र सिचुवान एयलाइन्सले चीनका विभिन्न सहरबाट काठमाडौं उडान भर्दै आएका छन । तिब्बत एयरलाइन्सले अनुमति पाएसँगै अब चीनका विभिन्न सहरबाट त्रिभुवन विमानस्थलमा सातामा ५५ वटा उडान हुने भएको छ ।