प्रधानमन्त्री देउवा समक्ष राजपा नेताको आपत्ति

536
views

काठमाण्डौ, ७ असार । राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आपत्ति जनाएका छन् । राजपाका नेताद्धय महन्थ ठाकुर र अनिलकुमार झाले प्रधानमन्त्रीकै कार्यकक्षमा भेटेर आपत्ति जनाएका हुन् ।
राजपा नेताले दुखीराम मेहताको निधन, नवलपरासीमा आफनो सभामाथि गोली चलाइएको, तराईमधेशमा राती छापा मारेर पक्राउ गरिएका कार्यकर्तालाई मुद्दा चलाएको, सेना परिचालन गरेको जस्ता बिषय उठाएर प्रधानमन्त्री समक्ष आपत्ति जनाएका हुन् ।
‘सडकमा प्रदर्शनकारी समात्नु एउटा कुरा हो तर घर सुतेको मान्छेलाई पक्रेर मुद्दा लगाउने गरिएको छ । सेना परिचालन गरेर राज्य आतंक मच्चाइएको छ । नवलपरासीमा हाम्रो सभा भइरहेका वेला गोली चलाएको विषयमा पनि प्रधानमन्त्रीसँग आपत्ति जनाएको राजपाका नेता अनिलकुमार झाको भनाई छ । ‘दोस्रो चरणको मनोनयन दर्तासँगै केही जिल्लामा हाम्रा नेता तथा कार्यकर्तामाथि आक्रमण भएको छ, सुरक्षा व्यवस्था कडा बनाउने नाममा तराईका जिल्लामा मान्छे घर बाहिर निस्कन नसक्ने गरी त्रसित बनाइएको छ, हामीले त्यसो नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ”, नेता झाले भन्नुभयो ।’