मुस्लिम समुदायको सम्मानमा इफ्तार

1109
views

काठमाण्डौ, ११, असार । इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमदानको अवसरमा गैरआवसीय नेपाली संघले कतारमा कार्यरत मुस्लिम समुदायको सम्मानमा इफ्तार दिएको छ ।
उक्त कार्यक्रममा सहभागी नेपाली समुदायका सामाजिक अगुवाहरुले आपसी भाइचारा सम्बन्धलाई बलियो बनाइराख्न प्रवासमा नेपाली एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए । एक महिने रोजा लिई इस्लाम समुदायले आफ्ना पर्व मनाइरहेका छन् । उनीहरु पानी पनि नखाई आफ्ना नियमित काम गर्दै आइरहे ।
एनआरएन कतारका अध्यक्ष विनेश तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनका आईसीसी सल्लाहकार कार्कीले महान् पर्व रमजानको शुभकामना दिँदै प्रवासमा पनि मुस्लिम समुदायको पर्व मनाउन पाउनु खुसी लागेको बताए ।
कार्यक्रममा मौलाना गुरु, एनआरएनका अभियन्ताहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
यसैगरी, एमाले निकट प्रवासी नेपाली मञ्चले कतारमा ईस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसरमा बृहत् इफ्तारसँगै शुभकामना अदानप्रदान गरेको छ । मञ्च अध्यक्ष रामहरि गैरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मौलाना गुरु, मञ्चका केन्द्रीय सदस्य जियाबाबु खान, मुक्ति नविबक्स मिया, अजिज अलि, साकिर अलि, दिल किरणखुजुम, अब्दुल हफिज, अमिना खानलगायतले शुभकामना मन्तव्य दिएका थिए ।