नवलपरासी बम घट्नामा विप्लवका चारजना प्रहरी फन्दामा

551
views

नवलपरासी, १२, असार । प्रहरीले नवलपरासीे सुनवलको बम घट्नामा आइतबार मानवीय क्षति हुने गरी बम विष्फोट गराएको भन्दै चार जनालाई पक्राउ गरेको छ । सनुवल नगरपालिकाका विभिन्न राजनीतिक दलले निकालेको चुनावी जुलसमा नेकपा माओवादी केन्द्रलाई लक्षित गरी आइतबार दिउँसो सोमनाथ पुलमा बम विष्फोट गराइएको थियो ।
सुनवलमा विष्फोट भएको टाईम बम रहेको प्रहरीले अनुमान गरेको छ । विष्फोटमा ६ जना घाइते भएका छन् । घाइते मध्ये सुनवल नगरपालिकाका लेखनाथ सुवेदीको अवस्था गंभीर रहेकाले उपचारका लागि काठमाण्डौं पठाइएको छ । अर्की गंभीर घाइते बेलकुमारी कठरियाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उक्त विष्फोट विप्लव समूहले गराएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा विनयीत्रिवेणी गाउँपालिक–३ का पुरुषोत्तम रेग्मी, सरावल गाउँपालिका–१ का कान्तीशंकर पराजुली सुनवल नगरपालिका–१२ की दुर्गादेवी पाण्डे र मध्यविन्दु नगरपालिका–९ का धनबहादुर कुमाल रहेका छन् । उनीहरुले निर्वाचन विरोधी शंकास्पद गतिविधि गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक चौधरीले बताउनुभयो ।