एमालेले राष्ट्रिय झण्डाको दुरुपयोग गर्यो–पौडेल

688
views

बुटबल, १२, असार । बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले राष्टिय झण्डाको दुरुपयोग गरेको बताएका छन् । नेता पौडेलले एउटा पार्टीको प्रचारमा राष्टिय झण्डाको प्रयोग भएको छ । राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइदैँन’ उनले भने ‘एमाले नै नेपाल हो भन्न खोजेको हो कि के हो ? लुई चौधौंको भनाईलाई उदृत गर्दै एमाले अधिनायकवादतर्फ उन्मुख भएको बताए ।
बरिष्ठ नेता पौडेलले एमाले लोकतान्त्रीकरण नभएको र लोकतन्त्र भन्दा सर्वसत्तावादीको बाटोमा हिँडेको समेत आरोप लगाए । कर्मचारीतन्त्रमा समेत एमाले हाबी भएको र सरकारी कार्यालयमा समेत विभेद भएको उनले बताए ।
नेता पौडेलले माओवादी केन्द्रसंग कांग्रेसको गठबन्धन राजनैतिक आवश्यकता भएको बताउदै तालमेल अनुसार मतदान गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।