डोल्पा । डोल्पा जुफाल विमानस्थलपछिको अर्को विकल्पको रुपमा रहेको मसिनेचौर विमानस्थललाई डोल्पालीले सञ्चालन गर्न माग गरेपनि सञ्चालनमा आउन सकेको छैन् । स्तरोन्नतिका लागि जुफाल विमानस्थल अवरुद्ध हुँदा समेत डोल्पामा हवाई यातायातको अर्को विकल्पको रुपमा मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन डोल्पाली पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराईरहेका छन् ।
करोडौँ लगानीमा निर्माण सम्पन्न भइसकेको उक्त विमानस्थल सञ्चालनमा ल्याउन राज्यले बेवास्ता गरेपछि डोल्पालीले ठूलो क्षेत्रफलमा रहेको जमिन खाली राख्नुभन्दा बरु प्लटिङ गरेर अन्नबाली लगाउनुका साथै गौचरनको रुपमा परिणत गर्न पाउनुपर्ने सम्मको माग गरेका छन् ।
त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत पहाडमा पर्ने उक्त विमानस्थल निर्माणकार्य सम्पन्न भएर केही वर्ष अगाडि परीक्षण उडानसमेत सफल भएर एक वर्षसम्म डोल्पालीले नियमित हवाई सुविधा पाए पनि अहिले मसिनेचौर विमानस्थल ओझेलमा परेकोमा डोल्पालीले दुःख व्यक्त गरे ।
“दुईवटै विमानस्थल सञ्चालनमा नभएपछि अहिले उपचारको लागि जिल्ला बाहिर लैजानुुपर्ने गम्भीर प्रकारका बिरामीसमेत समस्यामा पर्दै आएका त्रिपुरा सुन्दरी नगरपालिका–१ का स्थानीय पूर्णबहादुर विष्टले भन्नुभयो ।‘जुफाल विमानस्थल स्तरोन्नतिका लागि असार १ गतेदेखी बन्द छ ।