युरोपमा फेरि साइबर आक्रमण, युक्रेन बढी निसानामा

1846
views

लन्डन । युरोपमा फेरि साइबर आक्रमण भएको छ । युक्रेन तथा रूसबाट सुरु भएको साइबर आक्रमणबाट युरोपभरका व्यवसाय प्रभावित भएका छन् । ‘पेट्या’ नामको साइबर आक्रमणबाट डेनर्माकको सिपिङ कम्पनी मस्र्क, रूसको रोजनेफ्ट तेल कम्पनी, बेलायतको विज्ञापन एजेन्सी डब्लूपीपी तथा फ्रान्सको औद्योगिक समूह सेन्ट गोबेनलगायत प्रभावित भएका छन् । ती

कम्पनीहरूले साइबर आक्रमणपछि आफ्नो डाटा चोरी हुनबाट जोगाउन सुरक्षा प्रोटोकल लगाएको जनाएका छन् ।
साइबर आक्रमणबाट युक्रेन नराम्ररी प्रभावित भएको छ । त्यहाँको पावर ग्रिड, बैंक तथा सरकारी कार्यालय र राजधानी किभको बोरिस्पिल विमानस्थल प्रभावित भएका छन् । युक्रेनको केन्द्रीय बैंकले केही सेवा प्रभावित भएको जनाएको छ । राजधानी किभको मेट्रोमा पेमेन्ट कार्डले काम गरिरहेको छैन भने कैयौं पेट्रोल स्टेसनले आफ्नो काम रोक्नुपरेको छ । युक्रेनको गृह मन्त्रालयका सञ्चार विभाग प्रमुख आर्टेम सेभचेन्कोले साइबर आक्रमणपछि सरकारले अनुसन्धान थालेको बताएका छन् । ‘युक्रेनले अहिलेसम्म यस्तो आक्रमणको सामना गर्नुपरेको थिएन, राज्यका सबै अधिकारीहरू यो भाइरसविरुद्धको लडाइँमा छन्,’ उनले भने । उनका अनुसार कम्प्युटरमा अवरोध गरेर सफ्टवेयरमा क्षति र्पुयाएको भन्दै साइबर प्रहरीमा २ सय उजुरी परेका छन् ।
विश्वकै ठूलो विज्ञापन एजेन्सी मानिएको डब्लूपीपीले आफ्नो कम्प्युटर प्रणाली प्रभावित भएको जनाएको छ । युक्रेनका उपप्रधानमन्त्री पाब्लो रोजेन्कोले आफ्नो कम्प्युटरको कालो स्क्रिन ट्वीटरमा सेयर गर्दै सरकारी मुख्यालयको कम्प्युटर सिस्टम बन्द भएको जनाएका छन् । रुसको एन्टीभाईरस कम्पनी क्यास्परस्काई ल्याबले २ हजार कम्प्युटरमा आक्रमण भएको देखिएको उल्लेख गर्दै युक्रेन, रुस, इटली, जर्मनी, फ्रान्स, बेलायत, अमेरिका र पोल्यान्ड प्रभावित भएको जनाएको छ ।
जानकारहरूका अनुसार यो आक्रमण गत मे महिनाको मध्यमा फिरौती माग गर्दै गरिएको ‘वानाक्राई रेन्समवेयर’ नामक साइबर आक्रमणजस्तै हो । वानाक्राईले १ सय ५० भन्दा बढी देशका हजारौं कम्प्युटरमा क्षति र्पुयाएको थियो । पछिल्लो ‘पेट्या’ रेन्समवेयरले पनि कम्प्युटरलाई निस्क्रिय बनाउँदै पुनस् सञ्चालनमा ल्याउन फिरौती माग गर्ने गरेको छ । फिरौती डिजिटल बिटक्वाइनमा माग गरिएको छ । दक्षिण कोरियाको एउटा कम्पनीले आफ्नो डाटा पुनस् प्राप्त गर्न हयाकरलाई १० लाख डलर फिरौती तिरेको जनाएको छ । सरे विश्वविद्यालयका प्राध्यापक एलन वुडवर्डका अनुसार यो रेनसमवेयर २०१६ को सुरुमा सार्वजनिक भएको थियो । यसले कम्प्युटरका सम्पूर्ण फाइलका अतिरिक्त अपरेटिङ सिस्टमको एक भागमा आक्रमण गर्छ, जसलाई मास्टर फाइल टेबल (एमएफटी) भनिन्छ ।
अमेरिकाको गृहमन्त्रालयले पछिल्लोपटक भएको साइबर आक्रमणलाई सम्बन्धित देशसँग समन्वय गरेर निगरानी गरिरहेको जनाएको छ । मन्त्रालयले कम्प्युटर पुनस् सञ्चालन हुने ग्यारेन्टी नभएकाले पीडित पक्षलाई फिरौती नतिर्नसमेत सुझाव दिएको छ । अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले आफ्ना सदस्य देशमा भएको साइबर आक्रमणलाई नजिकबाट नियालिरहेको जनाएको छ । अल जजिरारबीबीसी