२२ करोडको लागतमा कालोपत्रे गरीएको सडक सम्पन्न नहुँदै भत्कियो, सांसद लम्सालको आलोचना

1713
views

महेन्द्र जिसी
पर्वत, १८, असार । पर्वत क्षेत्र नं २ एमालेको तर्फबाट निर्वाचित सांसद विकास लम्सालले सडक पक्कि बनेपछी कृषि र स्थानिय उत्पादनले सजिलै बजार पाउने र किसानहरुलाई उत्पादनमुखि बन्न यातायातले प्रेरित गर्ने भन्दै उद्धघाटन गर्नुभएको सडकले अहिले कृषकहरुलाई मर्कामा पारेको छ । पर्वतका २ नगरपालिका र दुई क्षेत्र नं जोड्ने दोबिल्ला—मुडीकुवा—फलेवास सडकखण्ड भत्किएर आसपासका बासीन्दा जोखिममा परेका छन् ।
निर्माण भएको १३ वर्षपछि कालोपत्रे गर्न लागेको सडक कालोपत्रे पुरा नहुँदै भत्किएको छ । अहिले सडकखण्ड आसपासको सय रोपनी भन्दा बढी खेत समेत सडकले जोखीममा पारेको छ । सडक खण्ड अन्तर्गत सिल्मी—घोयेनउला सडक खण्डमा कालोपत्रेको कार्य सुरु नगर्दै भत्किएको हो । दोबिल्ला—मुडीकुवा—फलेवास सडक खण्ड अन्तर्गत कालोपत्रे. हुन लागेको सडकको दायाँबायाँ भत्किएपछि स्थानीयले गुनासो गर्न थालेका छन । उनिहरुले कमिशनमा सडकको निर्माण कार्य भईरहेका कारण निर्माणको चरणमा नै भत्किएको बताएका हुन । क्षेत्र न २ का सांसद विकास लम्सालले उद्धघाटन गरेको सडक खण्ड पिच गर्ने क्रममा भत्किएपछि स्थानीय आक्रोशित बनेका छन । कमशल गुणस्तरको निर्माण प्रकृया कमसिनको चलखेल रहेका कारण सडक कमजोर बन्न पुगेको स्थानीय नारायण सुवेदीले बताउनुभयो । हालैमात्र सांसदको जम्बो टोलीले अनुगमन गरेर फर्किए लगतै कालोपत्रे भत्किएर सडक अबरुद्ध बनेको छ ।

२२ करोडको लागतमा कालोपत्रे गरीएको सडक सम्पन्न नहुँदै भत्किएपछि स्थानीयमा आक्रोष बढेको हो । उनिहरुले सांसदले औपचारीकता पुरा गर्न अनुगमन गरेको भएपनि सडकको अवस्था दिनानुदिन कमजोर बनेका कारण भत्किन पुगेको बताएका छन । एक महिना अघि नै सक्ने लक्ष्य लिएको सडक निर्माण कार्य सम्पन्न नहुँदै भत्किएर अहिले कुश्मा–फलेवासको यातायात रोकीएको छ । एकवर्ष अघि सांसद लम्सालद्धारा उद्धघाटन गरीएको दोविल्ला घोएनेउला सडकखण्ड यसैगरी भत्किएर अबरुद्ध बनेको थियो । राजमार्गपछि जिल्लाको दक्षिणी भेग जोड्ने गरी लम्सालको पहलमा कालोपत्रे हुन लागेको भनिएको सडक अहिले निर्माण सम्पन्न हुनुपुर्व नै भत्कीएर अबरुद्ध बनेको छ ।