नारायणगढ–मुग्लिङ सडकखण्ड सुचारु

608
views

चितवन २९, असार । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडकखण्ड बुधबार दिउँसोदेखि सुचारु भएको छ । पहिरोका कारण अबरुद्व बनेको सडक बिहानदेखि सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि जाममा परेका सवारीका साधनहरु गन्तव्यतर्फ हिँडेका छन् । उक्त सडक आयोजना निर्माणका लागि फेरि म्याद थप गरिएको छ । 

सडक स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीलाई करिब साढे दुई महिना म्याद थप गरिएको हो । सडक विभागले २३ असारमा गरेको निर्णयअनुसार २०१८ फेब्रुअरी २० सम्मका लागि समय थपिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिएका छन् । सुरुको सम्झौता अनुसार २०१७ को अप्रिल २३ मा सक्नुपर्ने थियो । दोस्रो पटक म्याद थपिएअनुसार २०१७ को डिसेम्बर २१ मा सक्नुपर्ने थियो । त्यसपछि पनि दुई पटक म्याद थपिएको थियो । निर्माण कम्पनीले ३ सय दिनभन्दा बढी माग गरेका थिए । पहिला थप गर्दा नै पर्याप्त समय नदिएको भन्दै पुनः समय थप्न उनीहरूले माग गरेका थिए ।