शोभा कार्की
पर्वत, २९ असार । मानवअधिकार एलाईन्सको १९ औं स्थापना दिवसका क्रममा मानवअधिकार एलाईन्स पर्वत शाखाले मोदीवेणी वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेको छ । शाखाले वृद्धाश्रमका वृद्धवृद्धालाई फलफुल वितरण गरेपछि वृदवृद्धा खुसी भएका छन् । पर्वत शाखाले मानविय सेवामुलक कार्यक्रमको आयोजना गदैृ आए
को छ । कार्यक्रमा मानवअधिकार एलाईन्सका केन्द्रिय सचिव गोविन्द पहाडी, केन्द्रिय सदस्य खुमप्रसाद सुवेदी, जिल्ला शाखा पर्वतका अध्यक्ष गणेश शर्मा अधिकारी, गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा, गैसस महासंघ पर्वतका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद पौडेल तथा एलाईन्स जिल्ला शाखा पर्वतकी उपाध्यक्ष नेत्रकला सुवेदी लगायतको उपस्थिति रहको थियो ।










