जलजले (गाईघाट), २ श्रावण । विद्युत प्राधिकरणको लापरवाहीका कारण एसियाकै ठुलो उद्योग उदयपुर सिमेण्ट उद्योगले १० करोड घाटा व्यहोर्नु परेको छ । झण्डै १५ बर्षको अन्तरालपछि यो बर्ष नाफामा चलेको उद्योग पछिल्लो तीन महिना विद्युत आपुर्तिमा समस्या हुँदा १० करोड घाटामा गएको हो ।
आपूर्ति समस्या हुँदा १० करोड घाटा व्यहोरेपनि उद्योग भने पूरै घाटामा नरहेको महाप्रबन्धक सुरेन्द्र पौडेलले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ’त्यो घाटा कटाएर पनि अहिले उद्योगमा ८ करोड रुपियाँ मौजाद छ ।’ प्राधिकरणले उद्योगलाई २४ घण्टा विद्युत आपुर्ति उपलब्ध गराउने आश्वसन दिएपनि सरदर दैनिक २० घण्टाभन्दा बढी उपलब्ध गराउन नसकेको उद्योगका नायम महाप्रबन्धक नवलकिशोर साहले बताउनुभयो ।
‘२ बर्ष यता कुनै दिनपनि २४ घण्टा विद्युत आपुर्ति हुन सकेको छैन्,’ उहा“ले भन्नुभयो, ‘लोडसेडिङ बाहेक विद्युत आपूर्ति भैरहेको बेला प्रत्येक २ घण्टाको अन्तरालमा छिन छिनमा लाईन जान्छ, यसरी जाने लाईन दैनिक ४ घण्टा बढि हुन आउँछ ।’ ’लाईन २४ घण्टा आउने हो भने दैनिक १६ हजार बोर उत्पादन गर्ने उद्योगको क्षमता छ,’ अहिले २० घण्टाको सेरोफेरोमा लाईन आउ“दा ८ देखि १० हजार बोरो उत्पादन हुने गर्दछ ।’ लाईनकैकारण उद्योग सरदर महिनामा २५ देखि बढिमा २७ दिनसम्म चल्ने गरेको छ ।
वि.स.२०४४ सालमा स्थापित उद्योग संचालनको केही वर्ष राम्ररी संचालनमा आएको भएपनि त्यस पछि भने विभिन्न कारणले प्रभाबकारी ढंगले चल्न सकेको छैन । मुलुकमा लोडसेडिङ सुरु भएपछि त्यसको मार उदयपुर सिमेन्टले खेप्दै आएको थियो । उद्योग स्थापनाहु“दा चौविसै घण्टा विद्युत आपूर्ति गरिने विद्युत प्राधिकरणस“ग संझौता भएको उद्योग प्रशासनको भनाई छ । तर प्राधिकरणले संझौता विपरीत अरु बेला पनि विद्युत काट्ने गरेको प्रशासनको दावि छ ।










