कांग्रेस नेताहरु भन्छन् : नेतृत्वको रणनीतिक’ असफलताले चुनावमा दोस्रो’

579
views

काठमाडौं ८, श्रावण स्थानीय तहको चुनावमा कांग्रेस दोस्रो स्थानमा खुम्चिनुलाई पार्टीभित्रका नेताहरूले ‘नेतृत्वको रणनीतिक असफलता’ ठहर गरेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले नेतृत्वलाई दोषी ठहर्यासएका हुन्।
चार महिनापछि शनिबार सुरु पार्टी बैठकमा नेताहरूले असोज २ मा हुने प्रदेश २ को चुनाव, त्यसलगत्तै हुने प्रदेश र संघीय संसद्को चुनावमा यस्तै गल्ती नदोहोर्यािउन सचेत गराउँदै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी रणनीति बलियो बनाउन र अलोकप्रिय निर्णय नलिन ध्यानाकर्षण गराएका छन्।
चुनावको मुखमा नेतृत्व तहबाट भएका अलोकप्रिय निर्णय, समयमा उम्मेदवार चयन गर्न नसक्नु, पहुँच र गुटप्रतिको बफादारिताका आधारमा टिकट वितरण गर्नु, विपक्षीका आरोपलाई प्रभावकारी माध्यमबाट खण्डन गर्न नसक्नुजस्ता कारणले रणनीतिक रूपमा पार्टी नेतृत्व कमजोर देखिँदा हार व्यहोर्नुपरेको उनीहरूले बताएका छन्। बैठक सुरुमै सभापति एवं प्रधानमन्त्री देउवाले दुई चरणको चुनाव सकिँदा कांग्रेसको स्थिति
नभएको स्विकारे। ‘किन हार भयो भनेर सबैले समीक्षा गरौं,’ संक्षिप्त भनाइ राख्दै उनले भने, ‘आगामी चुनाव कसरी जित्न सकिन्छ त्यसको तयारीमा लागौं।’
देउवालगत्तै बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सांगठनिक संरचना, नीतिगत बहस र क्रियाशीलताको विवाद टुंग्याउन तत्काल महासमिति बैठक बोलाउन आग्रह गरे। कांग्रेस संगठित भएर चुनावी अभियानमा जुट्न नसक्दा पार्टीको स्थिति कमजोर भएको भन्दै उनले निर्वाचन परिचालन समितिको हैसियतले आफूले पनि जिम्मेवारी लिने र नेतृत्वले पनि लिनुपर्ने बताए। ‘यही चरणबाट पार्टी गुज्रियो भने एमाले बलियो हुन्छ, अनि कांग्रेसको हालत त्यतिबेला के हुन्छरु’ पौडेलले भने, ‘हामी बूढा भयौं। म र शेरबहादुरजी ७० काटिसक्यौं। अब युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्छौं भनेर हामीले जनताबीच आह्वान गरी पार्टीलाई बलियो बनाउनुपर्छ।’
पौडेललगायत उनी पक्षीय सदस्यहरूले टिकट वितरण न्यायिक नभएको आरोप लगाउँदै तेस्रो चरणको चुनावका लागि उम्मेदवारी छनोट गर्न तत्काल संसदीय समिति गठन हुनुपर्ने माग उठाएका थिए।
हामी बूढा भयौं। म र शेरबहादुरजी ७० काटिसक्यौं। अब युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्छौं भनेर हामीले जनताबीच आह्वान गरी पार्टीलाई बलियो बनाउनुपर्छ स् पौडेल
अब तपाईं ९देउवा० लाई राजा बनाउन सकिँदैन। जनताको छोराले पाउनुपर्ने ठाउँमा पुग्नुभएको छ, पार्टीको सांगठनिक शक्तिलाई बलियो बनाउने काम गर्नुहोस् स् आचार्य
पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने वैधानिक निकाय नै संसदीय समिति हो। पार्टी नेतृत्वमा आएको पन्ध्र महिना बित्दा पनि देउवाले संसदीय समिति गठन गर्न सकेका छैनन्। संसदीय समिति गठन नहुँदा कार्य सम्पादन समितिको बैठकबाट उम्मेदवार चयन भएको थियो। यसरी उम्मेदवार चयन गर्दा गुटहरूबीचको भागबन्डा र नेताहरूको पहुँचका आधारमा भएको भन्दै अधिकांश केन्द्रीय सदस्य रुष्ट बनेका थिए। लोकप्रिय र प्रभावशालीलाई उम्मेदवार बनाउनुभन्दा गुट र पहुँचका आधारमा उम्मेदवार बन्न पुगेपछि अन्तर्घात चर्केको केन्द्रीय सदस्यहरूको भनाइ थियो।
पार्टीभित्रको अन्तर्घात रोक्न देउवाले आइतबारकै बैठकमा अनुशासन समिति गठन गरी छानबिन अघि बढाउने जानकारी दिएका छन्। उम्मेदवार छनोटका लागि संसदीय समिति बनाउन माग उठेपछि उनले आइतबार नै नसकिए पनि त्यसका लागि आफूले तयारी गर्ने बताएका थिए। केन्द्रीय सदस्य महेश आचार्यले पार्टी दोस्रो स्थानमा पुग्दा आम कार्यकर्ताले अत्यन्तै पीडा महसुस गरेको बताए। ‘अब तपार्इंलाई राजा बनाउन सकिँदैन। जनताको छोराले पाउनुपर्ने ठाउँमा पुग्नुभएको छ, पार्टीको सांगठनिक शक्तिलाई बलियो बनाउने काम गर्नुहोस्,’ आचार्यले कुनै पनि अलोकप्रिय निर्णय नलिन आग्रह गर्दै भने, ‘हामी राष्ट्रियताका बारेमा आवश्यकभन्दा बढी रक्षात्मक बन्यांै, त्यसैले परम्परागत मतदाता पनि टाढिए।’
उनले प्रदेश २ को चुनावबाट पनि कांग्रेस कमजोर भएमा माओवादी केन्द्र पनि कांग्रेसबाट टाढिने दाबी गरे। ‘अबको चुनावमा पनि हामी कमजोर भयौं भने माओवादी टाढिने छ, सरकारको अहिलेको समीकरण बदलिने छ,’ आचार्यले भने, ‘गैरकम्युनिस्ट कित्ताका शक्तिलाई पनि हामीले एकीकृत गर्न सकिरहेका छैनौं। आफ्नै शक्ति पनि क्षय हँ‘दै गयो भने हाम्रो अवस्था अझ पीडादायक हुनेछ।’
यस्तै प्रदीप पौडेलले चुनावको मुखमा नेतृत्वबाट अलोकप्रिय निर्णय गर्नु, समयमै उम्मेदवार दिन नसक्नु, कांग्रेसविरुद्ध लागेका आरोपहरूलाई खण्डन गर्न नसक्नु, भारतको नाकाबन्दीमा पार्टी प्रतिरक्षात्मक बस्नु, संविधान संशोधन प्रस्तावमा राष्ट्रघात छैन भनेर बुझाउन नसक्नुजस्ता कारणले कांग्रेस कमजोर भएको बताए। अर्का सदस्य धनराज गुरुङले लोकमानसिंह कार्कीविरुद्ध लगाइएको महाअभियोग प्रस्तावमा मौन बस्ने कांग्रेसले बिना आधार र बिना कारण सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउनुले पार्टीलाई ठूलो क्षति पुगेको बताए।
शनिबारको बैठकमा २२ केन्द्रीय सदस्यले बोलेका थिए। मधेस केन्द्रित केन्द्रीय सदस्यहरूले प्रदेश २ का केन्द्रीय सदस्य र पार्टीको शीर्ष तह बसेर उम्मेदवार चयन गर्नुपर्ने माग गरेका थिए। सदस्यहरू फरमुल्लाह मन्सुर, रामकृष्ण यादव, मीन विश्वकर्मा, महेन्द्र यादव, आनन्द ढुंगानालगायतले २ नम्बर प्रदेशकै केन्द्रीय सदस्य र नेतृत्व बसेर उम्मेदवार चयन गर्दा सहज हुने धारणा राखेका थिए। बैठकमा मानबहादुर विश्वकर्मा, भीष्मराज आङदम्बे, कमला पन्त, चन्द्र भण्डारी, शंकर भण्डारी, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कँडेल, सरिता प्रसाईं, पार्वती डिसी चौधरीलगायतले प्रदेश २ बाट कांग्रेस पहिलो पार्टी बन्ने गरी चुनावी अभियानमा जुट्नुपर्ने बताएका थिए।