दोक्लम विवादमा शान्तिपूर्ण समाधान खोज्न चीन र भारतसँग अमेरिकाको सम्पर्क

640
views

काठमाण्डौ, ८, श्रावण । त्रिदेशीय विन्दु दोक्लममा चीन र भारतबीच चलिरहेको विवाद अमेरिका पनि संलग्न भएको छ । डोनाल्ड ट्रम्प प्रसाशनले तीन हप्ताको बीचमा नयाँ दिल्ली र बेइजिङसँग सम्पर्क स्थापना गरेको छ र ‘सम्वाद मार्फत’,‘शान्तिपूर्ण समाधान’ खोज्न ओकालत गरेको छ । स्रोतका अनुसार भारतीय पक्षले जुन ३० मा दोक्लम विवादबारे सार्वजनिक वक्तव्य निकालेको केही समयपछि बेजिङस्थित अमेरिकी दुतावासले चिनियाँ सरकारसँग भेटघाटको लागि आग्रह गरेको हो । जुलाई ६ मा अमेरिकी कुटनीतिज्ञले बेइजिङमा चिनियाँ विदेश मन्त्रीसँगको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलमा थिए भने चिनियाँ राष्ट्रपति सी जिन पिङ जर्मनीमा थिए ।
ह्याम्बर्गमा आयोजना गरिएको जी–२० सम्मेलनमा मोदी र सी संक्षिप्त भेटघाट गरे । भारतीय विदेश मन्त्रालयका अुनसार विभिन्न मुद्धामा कुराकानी भएको थियो । जुलाइ ६ मा बेइजिङमा अमेरिकी कुटनीतिज्ञसँग भेटघाट गरेपछि चिनियाँ अधिकारीहरुको सुरक्षा परिषद र जी–२० देशका कुटनीतिज्ञसँग दोक्लम विवावारे बिफ्रिङ गरेको भनाइ आयो । सम्बन्धित देशहरुकै आग्रहमा ती भेटहरु छुट्टा–छ्ट्टै गरिए र बेइजिङमा रहेका कुनै पनि कुटनीतिज्ञले संयुक्त पत्रकार सम्मेलन गरेनन् ।
स्रोतका अनुसार चिनियाँ अधिकारीहरुको अमेरिकी कुटनीतिज्ञसँग एउटै सन्देश थियो कि दोक्लम विवादमा चिनियाँ जनमुक्ति सेनाले धैर्यपूर्वक पर्खिरहेको छ र अनिश्चित कालसम्म त्यसो गर्न सकिदैन् । चीनले त्रिदेशीय विन्दुको भुटानी भुभागलाई आफ्नो भनि दावी गरिरहेको छ र यस क्षेत्रलाई दोक्लम नभई दोङलोङ भनिरहेको छ। ‘चिनियाँ पक्षबाट बिफ्रिङमा बोलाइएका सबै कुटनीतिज्ञको एउटै सन्देश थियो’, स्रोतले भन्यो ।
अमेरिकाको तर्फबाट भारत सरकारसँग पनि कम्तिमा दुईवटा छुट्टा–छ्ट्टै कुटनीतिक सम्पर्क भएका छन्। ती मध्य एक भारतका लागि कायममुकायम अमेरिकी राजदुत म्यारी केइ लस कार्लसन हुन । उनले दिल्लीमा भारतीय अधिकारीहरुसँग भेटेका थिए । अर्को भारतीय पक्षसँग वासिङटनबाट ट्रम्प प्रसानका अधिकारीको उच्च तहको सम्पर्क थियो । दुबै सम्पर्क सुत्रले वार्ता र शान्तिपूर्ण समाधानको पक्षमा वकालत गरेका थिए ।
स्रोतका अुनसार अमेरिकाले बेजिङमा चिनियाँ अधिकारीहरुलाई पनि त्यस्तै सन्देश दिएको थियो। ‘हामीले तनाव घटाउन चीन र भारतलाई प्रत्यक्ष सम्पर्कका लागि प्रोत्साहान गर्यौ’, अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता गेरी रोसले भारतीय सरकार समाचार संस्था पीटीआईसँग भनेको थिए । उनले कुनै पनि देशको पक्ष लिन अस्विकार गरे ।